Banner Newsताजा समाचारमुख्य समाचार
हुम्लाको बारीगाउँमा हेलिप्याड निर्माण

हुम्ला– समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका–५ को बारीगाउँमा रु १० लाखको लागतमा हेलिप्याड निर्माण गरेको छ।

सत्रु भन्जन गुल्म रानीवन ब्यारेकका गुल्मपति हरिबाबु श्रेष्ठले अदानचुली गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेका छन्। शीघ्र प्रभावी आयोजनाअन्तर्गत उक्त हेलिप्याड निर्माण गरिएको हो।
हेलिप्याड निर्माण भएपछि यहाँका गर्भवती, सुत्केरी, अन्य बिरामी तथा बुढाबुढी वृद्धवृद्धालगायत बिरामीको उद्धारमा सहज हुने भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।



