अध्यक्षले सामान बोकेरै नाम्खावासीलाई फोर जी सेवा
जोडियो नाम्खा सञ्चारको राष्ट्रिय मुलधारमा
रेशमराज रोकाया
हुम्लाको विकट गाउँपालिका नाम्खा र भौगोलिक दृष्टिले भूभाग ठूलो भएको नाम्खा राष्ट्रिय परिवेशको मूलधारमा कहिल्यै जोडिन नसकेको अवस्थालाई पार लगाउन गाउँपालिका अध्यक्ष प्रेम लामाको पहिलो मात्रै होईन अनिवार्य जस्तै भईसकेको थियो । गाउँघरको खबर प्राप्त गर्न ४ हजार देखी ५ हजार मिटरको पहाडको चुचुरो धाएर फोन गर्नु पर्ने अवस्था रहेको थियो । ईन्टरनेटको पहुँच त सपना मात्रै रहेको थियो । गाउँमा शिकिस्त विरामी पर्दा आफन्तजनलाई खबर गर्न कि २ देखी ३ घण्टा टाढाको दुरीको गाउँमा पैदल हिँडेर खबर गर्नु पर्ने अवस्था रहेको थियो ।
एक वडा देखी अर्को वडा जानु परेमा ३ देखी ४ घण्टाको दुरीको समय घटाउन र सञ्चारको सुविधा मार्फत जोड्नको लागि चुनौती तोड्नको लागि गाउँपालिका अध्यक्ष नेपाल टेलिकमको केन्द्रिय कार्यलय धाएर फो जी सेवा जडानमा लागि परे । नेपाल टेलिकमले पनि फोर जी सेवा उपलव्ध गराउनको लागि अनुमति दियो । नाम्खाको हिलिङ्गमा रहेको टु जी टावरले सेवा दिएको भएता पनि २ सय भन्दा बढी सेवाग्राहीले सेवा लिन नसकेको अवस्थालाई अध्यक्ष लामाले नाम्खा गाउँपालिकावासीको लागि सञ्चार सेवा प्रदान गर्न सफल भएका छन् ।
नेपाल टेलिकमको कोहलपुर शाखाको गोदामबाट सामान ढुवानीको लागि नेपालगञ्जको राँझा विमानस्थल सम्म सामान ढुवानी गर्न गोदामबाट ब्याट्री लगायत अन्य सामान गाडी सम्म पुर्याउनको लागि गाउँपालिकाको अध्यक्ष आफै बोक्दै थिए । जनताको सेवाको लागि आफु निर्वाचित भएकोले सामान बोकेर भए पनि सेवा दिन आफुलाई कुनै संकोच नभएको लामाले बताए । जनताको सेवा गर्न आफु ठूलो बन्न निर्वाचित नभएकोले आफै सामान बोकेर गाडीमा हालेको लामाले बताए । नाम्खावासीलाई राष्ट्रिय मूलधारमा जोड्नु आफ्नो लक्ष र हुटहुटी भएको कारण पनि चाँडो भन्दा चाँडो सेवा दिनु थियो, त्यसैले लागि परेको लामाको भनाई छ ।
लामाको अथक प्रयासले र नेपाल टेलिकम, सञ्चार मन्त्रालयको सहयोगको कारण हाल नाम्खाको नारा, लिमी, हिलिङ्ग, सिमकोटको वडा नं. ८ को ओर्खेन लगायतका ठाउँमा नेपाल टेलिकमको रिपिटर टावर जडान गर्न लामा सफल भए । फोर जि टावरको जडान पछि नाम्खा गाउँपालिका ईन्टरनेट र फोन सेवाले मुलधारमा लामाले पुर्याए । देशमा के भईरहेको छ भन्ने बारे थाहा पाउन नाम्खावासीले गाउँबाट नै थाहा पाउन सुरु गरे । लामाले भने चुनावमा जनता समक्ष गरेको वाचा र नाम्खावासीको अति नै आवश्यकता पुरा गर्न पाएको राती अध्यक्ष लामा सुखले सुत्न पाएको बताउँछन् ।
अबको प्राथमिकता चाला, ताँगिन, हेप्कागाउँवासीलाई सुविधा दिन मात्रै रहेको लामाले बताए । चाला गाउँलाई पनि सञ्चारको सुविधा दिनको लागि आफु लागि परेको बताए । त्यसको लागि केर्मी गाउँको सिरानमा रहेका डाँडालाई लक्षित गरी फोर जि टावर राख्ने योजना रहेको लामाले बताए ।