३ पुष २०८१, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
चिल ठोकिएको तारा एयर मर्मत गरिँदै – Himalaya Raibar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाकर्णाली प्रदेशताजा समाचारदेशपर्यटन

चिल ठोकिएको तारा एयर मर्मत गरिँदै

तारा एयरको (9N-AKL) ट्वीनअटर विमानमा चिल ठोकिएको थियो । हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको मने लेक पुग्नै लाग्दा जहाजमा चिल ठोकिँदा जहाजको अगाडीको भाग नोजमा क्षती भएको हो । चिल जहाजमा ठोकिएपछि जहाजको नोज प्वाल परेको र चिल जहाज भित्र नै रहेको थियो । चिल ठोकिँदा हुम्लाको सिमकोट विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । दिउँसो १ बजे आसपासमा नेपालगञ्जबाट सिमकोटको लागि नेपाल खाद्य संस्थानको चामल कार्गो सहित हुम्ला उडेको जहाजमा जहाजका क्रु सदस्य क्याप्टेन, कोपाईलट र एयर होस्टेज सहित ३ जना सदस्य सवार रहेका थिए ।
जहाज आपतकालिन अवतरण गर्नु भन्दा १ मिनेट अगाडी सिमकोट विमानस्थल अवतरण गर्न लागेको समिट एयरको जहाजलाईलाई आकाशमा ओभरसुट गर्न लगाईएको थियो । जहाजको मर्मतको लागि अहिले नेपालगञ्जबाट ७ सदस्यिय टोली सिमकोट आईसकेको छ । जहाज भित्र रहेको चिललाई बाहिर झिकिएको छ । जहाज चिलसँग ठोकिए पछि सिमकोट विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो । जहाज सकुशल रुपमा विमानस्थल अवतरण गरेको थियो ।

जहाज आपतकालिन अवतरण गर्नु भन्दा १ मिनेट अगाडी सिमकोट विमानस्थल अवतरण गर्न लागेको समिट एयरको जहाजलाईलाई आकाशमा ओभरसुट गर्न लगाईएको थियो । जहाजको मर्मतको लागि अहिले नेपालगञ्जबाट ७ सदस्यिय टोली सिमकोट आईसकेको छ । जहाज भित्र रहेको चिललाई बाहिर झिकिएको छ ।

भिडियो हेर्नको लागि यहाँ भएको लिँकमा क्लिक गर्नुहोस् ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button