२१ कार्तिक २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
तिहार पर्व सुरु, आज धनतेरस - Himalaya Raibar
Kolenika Greeting
Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचार

तिहार पर्व सुरु, आज धनतेरस

आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

२० कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।

चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।

यस्तो छ धनतेरसको पूजा विधि : कस्तो धनमाल जोड्नु शुभ मानिन्छ ?

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन पनि छ । यसैदिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन पनि छ ।

धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि जारी राख्दैछ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि  सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button

Adblock Detected

Please off your Ad Blocker