ओखरको रुखबाट लडेर घाईते
ओखरको रुखबाट लडेर गम्भीर एक स्थानिय घाईते भएका छन् । हाडे ओखर रुखबाट झार्ने क्रममा
चंखेली गाउँपालिका वडा नंं ६ मेल्छामा जैधने बुढा घाईते भएका हुन् । घाईते बुढा गम्भिर घाईते भएको मेल्छाम स्वास्थ्य चौकी ईन्चार्ज हर्क बुढाले जानकारी दिए ।
५७ वर्षिय बुढा बिहीबार बाह्र बजे अग्लो ओखरको रुखबाट ओखरका दाना झार्नेक्रममा हाँगाबाट फुत्किएपछि बुढा भुईंमा बजारिएका थिए । बेहोस अवस्थामा घाईते बुढालाई आफन्तले बोकेर ल्याई स्वाथ्य चौकी पुर्याएको र प्राथमिक उपचार भएको थियो । घाईते बुढाको टाउको, खुट्टा, अनुहारमा चोट लागेको छ । चोट लागेको दुई वटा भागमा गरि नौ वटा टाँका लगाउनु परेको ईन्चार्ज बुढाले बताए ।
चोट लागेको भागबाट रगत पनि धेरै बगेको छ । यतिबेला स्वास्थ्य चौकीको हातामा घाईतेलाई उपचार हुँदै गरेको छ । जिल्ला अस्पताल र बाहिर सुविधा सम्पन्न अस्पतालम घाईतेलाई रिफर गरिएको भएपनि घरको आर्थिक अवस्था कमजोर भएको कारण लिन सक्ने अवस्था नरहेको उनले बताए । उपाचारका लगि बाहिर लिनु पर्ने भएपछि आर्थिक नभएको कारण स्वास्थ्य चौकी मै जेनतेन उपचार गरिने छ ।