दश वर्षे गाउँ शिक्षा योजना निर्माण गर्दै नाम्खा गाउँपालिका

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले दशवर्षे गाउँ शिक्षा योजना निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ।

बुधबार मस्यौदाको रुपमा तयार भएको उक्त गाउँ शिक्षा योजनाका लागि सरोकारवाला पक्षको सुझाव संकलन गर्ने कार्य भएको हो।
चैतबाट नाम्खा गाउँपालिकाले आधार बिकास नेपालको सहयोगमा दश वर्षे गाउँ शिक्षा योजना निर्माण सुरु गरेको र त्यसको सुचना संकलन गर्ने कार्य तयार भएपछि बुधबार उक्त सूचनामाथि सुझाव तथा राय संकलन गर्ने कार्य भएको नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्मुख डम्बर रखालाले बताए।
आधार विकास नेपालका तालिमविज्ञ तोयाप्रसाद अम्गाईले तीन महिना लगाएर तयार पारेको उक्त सूचनाको प्रस्तुति गरेका थिए। त्यसपछि सहभागीहरुबाट थप सुझाव र राय माग गर्ने कार्य गर्नका लागि सहभागीलाई छ वटा समुहका विभाजन गरी बाह्र वटा शीर्षकमा राय मागिएको थियो।
सबै समूहबाट आएको सुझावलाई तयार भएको सुचनामा आवश्यकताका आधारमा समावेश गरिनेछ। कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यो योजनाले गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउ पुर्याउने बताए। तयार भएको गाउँ शिक्षा योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेको कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, विद्यार्थी, शाखा प्रमुखलगायत सहभागी थिए।



