४ पुष २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्ला क प्रदेशमा घमासान हुने – Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशदेशमुख्य समाचारराजनीति

हुम्ला क प्रदेशमा घमासान हुने

गठबन्धनको तगारो स्वतन्त्र र समाजवादी

सत्ता गठबन्धनका शीर्ष नेताले ११ कात्तिकमा गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै एउटा सूची सार्वजनिक गरे ।

त्यो सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको एउटा क्षेत्रमा गठबन्धनबाट एक जना मात्र उम्मेदवार हुनु पर्नेमा केही क्षेत्रमा एक भन्दा बढी उम्मेदवार छन् । त्यसैमध्येको एक क्षेत्र हो हुम्लाको प्रदेश सभा क । जहाँ नेकपा माओवादी केन्द्रका रनसिंह परियार र नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाही उम्मेदवार छन् ।

यी दुई मध्ये एक जनालाई मात्र उम्मेदवार बनाउन गठबन्धनका दलबीच छलफल जारी रहेको गठबन्धनका शीर्ष नेताले निकालेको सूचीमा उल्लेख छ । तर दुबै दल उम्मेदवारी फिर्ता नगर्ने भन्दै मतदाताको घर-घरमा मत माग्न पुगेका छन् ।

यी २ बाहेक नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका मंगलबहादुर शाही पनि स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन् । जसअनुसार यहाँ गठबन्धनभित्रकै दलको २ र एक जना स्वतन्त्र गरी ३ उम्मेदवार मैदानमा छन् ।

गत चुनावमा कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएर ४७ मतले पराजित भएका मंगलबहादुर यो पटक प्रदेशमा झरेका हुन् ।

गठबन्धनको उम्मेद्वारलाई असहज हुने भएको कारण समाजवादीका हस्त बहादुर शाही र काँग्रेस समर्थनमा उम्म्द्वारी दिएका मंंगल बहादुर शाहीलाई निष्कृय बनाउनको लागि मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल हुम्लाको विचमा रहेको सर्केगाड आउने भएका छन् । यस अघि पनि दुवै गठबन्धनका बाघी उम्मेद्वारलाई निष्कृय बनाउनको लागि प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्डको प्रयास असफल भएको थियो ।

कर्णाली प्रदेशकै हुम्ला कमा जस्तै कालीकोट र सुर्खेत २ को क र ख मा पनि एकीकृत समाजवादीका उम्मेदवार छन् । हमालले यी चार वटै क्षेत्रको प्याकेजमा सहमति गरेर शीर्ष नेताले टुंगो लगाए आफूहरुलाई त्यो निर्णय मान्य हुने बताए ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button