Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारमुख्य समाचार
सिल गरिएको गोदामबाटै २७७ बोरा तिल र १५८ बोरा गहुँ गायब
विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३१७ बोरा तिल, १५८ बोरा गहुँ फेला पारेको उल्लेख गरेको थियो ।
अनुगमनमा खटिएका अधिकारीहरु भने उक्त गोदाममा झण्डै २ सय बोरा जिरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताउँछन् दावी गर्छन्, तर विभागको अनुगमन प्रतिवेदनमा जिराबारे उल्लेख भएन ।
बरामद भएको खाद्यवस्तुको परीक्षण गर्ने वा नगर्ने विषयमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच विवाद भएको स्रोतको दावी छ । गोदाम सिल गर्ने मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा पनि विवाद भयो । ‘गोदाम सिल भयो तर त्यसमा सबैले हस्ताक्षर गरेनन्’ एक प्रत्यक्षदर्शीले अनलाइनखबरसँग भने ।