२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
महँगो विश्वकप ! - Himalaya Raibar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाखेलकुदताजा समाचारविश्व

महँगो विश्वकप !

हरेक चार वर्षमा आयोजना हुने विश्व फुटबलको कुम्भ मेलाको यो संस्करण कतारमा हुँदैछ । विश्वकप फुटबलका लागि कतारले हालसम्मकै ठूलो लगानी गरेको छ । त्यसैले यो विश्वकपको विशेषता भिन्न छ । विश्वकप जति महँगो छ, त्यतिनै भव्य हुने अपेक्षा कतारको छ । कसैले कल्पना गर्न नसक्ने तरिकाले विश्वकप भव्य हुने कतारको दाबी छ ।


कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले ड्राइभर आवश्यक नपर्ने मेट्रो सेवा समेत सुरु गरेको छ । पहिलोपल्ट अरब देशमा हुन लागेको विश्वकपलाई भव्य बनाउन कतारले कुनै कन्जुस्याइँ गरेको छैन ।



यो विश्वकपलाई इतिहासको कालखण्डमा सबैले स्मरण गरून् भन्ने कतारको चाहना छ । विश्वकपलाई नै विशेष बनाउन कतारमा अहिले पनि हजारौं कामदार दिनरात लागिपरेका छन् । विश्वकै धनी देशमध्येको एक कतारले बाटोको मर्मतदेखि होटलको पूर्ण तयारी गरिरहेको छ । प्राकृतिक ग्यासको धनी देश कतारले विश्वकपका लागि खर्च गर्न कन्जुस्याइँ गरेको छैन ।



विश्वकपका लागि नै कतारले तीन सय अर्ब डलरको बजेट विनियोजन गरेको थियो । उक्त बजेट भौतिक पूर्वाधार निर्माणका लागि थियो । कतारले यो विश्वकपका लागि तयारी सुरु गरेको एक दशक हुन थाल्यो । खर्चकै हिसाबकिताब गर्दा सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजनाका लागि साढे ११ अर्ब डलर खर्च गरेको थियो । सन् २०१८ मा रुसले १४ अर्ब डलरको बजेट बनाएको थियो । कतारको जनसंख्या २८ लाखमात्र छ, तर यही देशलाई विश्वकै सबैभन्दा धनी देशमध्ये एक मान्न सकिन्छ ।



 



​जर्ज टाउन विश्वविद्यालय कतारका एसोसिएट प्रोफेसर ड्यानियल रिचीले लामो समयदेखि यो देशले गरिरहेको प्रगतिबारे अध्ययन गरिरहेका छन् । रिचीले भने, ‘कतारले विश्वकपका लागि गरेको खर्चलाई अन्य कोहीसँग तुलना गरेर अचम्म मान्नु आफैंमा एक प्रकारले गलत हो । खासमा कतारले सन् २०३० सम्म आफूलाई कसरी स्थापित गर्ने भनेर निकै भव्य योजना बनाएको छ । यसकै एउटा भाग हो विश्वकप फुटबल आयोजना ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले कतारले विश्वकपका लागि तयार गरेको रंगशालाको प्रशंसा गरेको छ । केही समय अगाडि मात्र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, ‘हामी सबै मिलेर अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप आयोजना गर्नेछौँ, चाहे त्यो मैदानबाहिर होस् वा मैदानभित्र ।’

कतारका लागि यो विश्वकप विश्व खेलकुदसँग जोडिएको र ठूलो आयोजनाका रूपमा पहिलो नै भने होइन । विश्व खेलकुदसँग कतारको नाता पनि नयाँ र अपरिचित होइन । कतारले विश्वकपका लागि भनेर आफ्नै देशमा मात्र होइन, विदेशमा पनि लाखौं–करोडौं डलर खर्च गरेको छ ।

यसको सबैभन्दा राम्रो उदाहरण त फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) नै हो । यो क्लबमा कतारी लगानी सन् २०११ बाट सुरु भएको थियो । यसैक्रममा नेयमारका रूपमा एक खेलाडी किन्नमात्र २२ करोड डलरभन्दा बढीको कीर्तिमानी रकम खर्च गरिएको थियो । सन् २०१७ मा पीएसजीले नेयमारलाई किनेको थियो । यसमा कतार स्पोर्टस इन्भेस्टमेन्ट (क्यूएसआई) को लगानी रहेको छ । यही क्युएसआईले बेल्जियमको पहिलो डिभिजनको क्लब केएएस युपेनको स्वामित्व पनि किनेको छ ।

यतिमात्र होइन, यही समूहले पोर्चुगाली क्लब स्पोर्टिङ ब्रागको २२ प्रतिशत सेयर पनि किनेको छ । कतारले पहिलो ठूलो प्रतियोगिता आयोजनाका रूपमा सन् २००६ मा एसियाली खेलकुदका लागि महादेशका हजारौं खेलकर्मीलाई भव्य आतिथ्यता प्रदान गरेको थियो । त्यस्तै सन् २०११ मा कतारले एसियन कप अफ नेसन्स आयोजना गरिसकेको छ ।

त्यतिमात्र होइन, सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियसिप पनि कतारमै भएको थियो । मान्नुपर्छ, खासमा अहिलेको विश्वकप आयोजनाका लागि कतारको तयारी धेरै अगाडि सुरु भएको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button