Banner Newsदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेश
काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय, प्रकाशमानलाई समर्थन
काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।
सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ ।