५ चैत्र २०८२, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
आयात प्रतिबन्धका कारण देशभर ५८ शोरुम बन्द, अझै १०० बढी बन्द हुन सक्ने - Himalaya Raibar
अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारप्राविधिक समाचारसूचना / प्रबिधि

आयात प्रतिबन्धका कारण देशभर ५८ शोरुम बन्द, अझै १०० बढी बन्द हुन सक्ने

सरकारले इन्धनबाट चल्ने सवारी साधन आयातमा लगाएको प्रतिबन्धका कारण यतिबेला नेपालभरका विभिन्न स्थानका शोरुमहरू बन्द भएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार हालसम्म देशभर ५८ वटा शोरुम बन्द भएका छन्। त्यस्तै एक सय बढी शोरुमहरू बन्द हुने अवस्थामा पुगिसकेको छ।

‘आयात प्रतिबन्धका कारण नेपालभरका शोरुम प्रभावित छन्। केही समय डिलरहरूले कर्मचारी कटौती गर्दै शोरुम सञ्चालन गरे। तर यस्तो कतिन्जेल भन्ने हुन्छ,’ नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘उनीहरूलाई पनि निकै समस्या भएपछि शोरुम नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन्।’

उनका अनुसार यसबाहेक यतिबेला थप एक सय वटा शोरुम बन्द हुने स्थितिमा छ। विभिन्न डिलर र शोरुममा कार्यरत कर्मचारी संख्या ३० देखि ३५ प्रतिशतले कटौती भइसकेका छन्। सवारी साधन आयातमा लागेको प्रतिबन्ध अझै नखुल्ने हो भने यो संख्या ५० प्रतिशतसम्म पुग्न समय नलाग्ने समेत उनी बताउँछन्।

नाडाको तथ्यांकअनुसार प्रदेश नं १ मा ९ वटा, मधेस प्रदेशमा ११ वटा, बागमति प्रदेशमा १८ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा ३ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा ३ वटा सोरुम बन्द भएका हुन्।

नाडाका अनुसार हाल नेपालमा एक हजार २५ वटा सवारी साधन शोरुम छन्। तीमध्ये प्रदेश नं १ मा १४५ वटा, मधेस प्रदेशमा ९५ वटा, बागमति प्रदेशमा ३७८ वटा, गण्डकी प्रदेशमा १८२ वटा, लुम्बिनी प्रदेशमा १०५ वटा, कर्णाली प्रदेशमा ६२ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा शोरुम छन्।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button