२ असार २०८३, मंगलवार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
सिमकोटमा बाल कचहरी सम्पन्न - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

सिमकोटमा बाल कचहरी सम्पन्न

हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको सहकार्य र गुडनेवर्स इन्टनेसनल नेपालको सहयोगम रेडियो कर्णाली आवाजले आयोजना गरेको बालकचहरीमा बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई गुनासो नै गुनासो राखेका छन् ।

आइतबार भएको बालकचहरीमा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई बालबालिकाका मुद्दा सुनुवाइ गर्न सुझाव दिएका छन् । सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कट्रिना भण्डारीले लोडसेडिङका कारण पठनपाठनमा दैनिक समस्या भोग्नु परेका कारण त्यसको समाधानको उपायबारे जिज्ञासा राखिन् । मानसरोवर माविमा कक्षा १० मा अध्ययनरत छात्रा दिचेन ओङ्मु लामा केटाबाट केटीले दुव्र्यवहार भोग्नु परेका कारण त्यसको समाधानको उपाय निकाल्न आग्रह गरिन् । अर्का छात्रा छेवाङ तामाङले विद्यालयमा सेनिटरी प्याड सकिएका कारण महिनावारी भएका बेला छात्राले समस्या भोग्नु परेको र विद्यालयसमेत छुटाउनु परेको गुनासो गरिन् ।

अर्की छात्रा श्रद्धा सुनारले गाउँघरमा यौन दुव्र्यवहार भोग्नु परिरहेको बताउँदै यसबाट बच्ने उपायबारे जान्न चाहेको बताइन् । छात्र हरि बुढाले बालबालिकाले धेरै प्रकारका विभेद सहनु परिरहेको र त्यस्ता विभेद भएपछि गाउँघरमा मिलाउने कुराले यो समस्या बढ्दै गएको जनाए । विद्यार्थीले पनि बालश्रम, विभेद, बालविाह, छाउपडी प्रथालगायतका समस्या भोग्नु परिरहेको गुनासो सेवाप्रदायक निकायका प्रमुखसँग राखेका छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डरीले सुधारको प्रयास भइरहेको जिकिर गरे । विद्यालयमा महिनावारी प्याडको व्यवस्था तत्काल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

त्यस्तै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले सीमित साधन र स्रोतका कारण धेरै कुरा गर्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले कतिपय बालबालिकाले भोगेका समस्या जानकारी नै नहुने भएका कारण त्यसलाई समाधान गर्न नसकिएको बताए । प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले सूचना दिन बालबालिकालाई आग्रह गर्दै गाउँमै मिलापत्र गर्दा समस्या बढी रहेको बताए ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button