२५ बैशाख २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
माटोको ढिस्को खस्दा एक जनाको मृत्यु - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचार

माटोको ढिस्को खस्दा एक जनाको मृत्यु

हुम्लाको सिमकोट गाउँपालकिा–४ स्थति बुराउँसेमा बाटोको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा घाइते भएका ६ जनामध्य एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार निर्माणाधीन सडकमा ग्याबनि भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठुलो ढिस्को खस्दा ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये २३ वर्षीया सुवत्रिा वकिको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवम प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

त्यस्तै अन्य घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । घाइतेहुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का अन्दाजी २२ वर्षीया शर्मिला बिक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हिरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा हुनुहुन्छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button