हुम्ला–कर्णाली क्यास्केड जलविद्युत् आयोजना निर्माण हुने
हुम्ला कर्णाली क्यास्केड जलविद्युत् आयोजनाबाट दुई स्थानमा विद्युत् उत्पादन हुने भएको छ। स्थानीय सरोकारवाला पक्षको उपस्थितिमा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै दुई स्थानबाट ६८१ दशमलव दुई मेघावाट विद्युत् उत्पादन हुने जानकारी गरिएको हो।

हुम्ला जिल्लाका नाम्खा गाउँपालिकाको याल्वाङ, सिमकोट गाउँपालिका–७ को धारापोरी र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा आयोजना गरिएको तयार भएको प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त विद्युत् उत्पादन हुने डिजायर्ड ईन्जिनयरिङ कन्सल्टटेन्सीका बन तथा बाताबरण बिज्ञ जयराम मिश्रले बताए।
पहिलोका लागि नाम्खा गाउँपालिका– ४ को याल्वाङमा कर्णाली नदीमा ९२ मिटर लम्बाइ र ४६ दशमलव पाँच मिटर चौडाइको बाँध निर्माण गरेर ६ घण्टा पानीलाई पिकिग गरेर तीन दशमलव चार किलो मिटर लम्बाइको जलाशय निर्माण हुने छ। बाँधबाट एक सय घनमिटर प्रति सेकेन्ड डिजाईन बहाबलाई सात मिटर अग्लो र छ दशमलव पाँच मिटर चौडाई भएको तीन वटा ईन्टेक मार्फत पानी प्रबाह हुनेछ।
१३ दशमलव ५४३ किलोमिटरको सुरुङको माध्यमवाट पानी सर्ज ट्याङ्कसम्म पुर्याई दुई हजार ८४९ मिटर लम्वाई र चार दशमलव सात मिटर ब्यास भएको पेनस्टक पाईप मार्फत प्रस्तावित सतही विद्युत्गृह सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँमा खसालेर २५२ दशमलव चार मेघावाट विद्युत् उत्पादन हुने छ।
त्यसैगरी अर्को तत्पश्चात बहावलाई १०० मिटर लम्बाइको निकास नहरमार्फत १२० मिटर लम्बाइ, २० मिटर चौडाई र १२ मिटर गहिरो पोखरीबाट ६२५ मिटर लम्बाइ, छ मिटर चौडाई र छ मिटर उचाइ भएको हेडरेस नहर हुँदै सात दशमलव चार मिटर व्यासको १५ दशमलव ९७ किलो मिटर. लामो सुरुङ्गको माध्यमबाट पानीलाई २० मिटर व्यास तथा ७० मिटर उचाइ भएको गोलाकार भूमिगत सर्ज ट्याङ्कसम्म लगि ४२५ मिटर लम्बाइ र पाँच दशमलव दुई मिटर व्यास भएको पेनस्टक पाईप मार्फत खार्पुनाथ गाउँपालिका–४ लालीचौरमा रहने भूमिगत विद्युतगृहमा खसाली २२८ दशमलव आठ मेगावाट विद्युत उत्पादन हुनेछ।
अन्त्यमा पानीलाई ४२५ मि. लम्बाइको निकास सुरूङ्ग मार्फत हुम्ला कर्णाली नदीमा पुनः मिसाईने छ। नेपाल सरकार उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालय विद्युत् बिकास बिभागको लगानीमा पूर्वसंभाव्यता अध्ययन उक्त कन्सल्टटेन्सीले गरेको हो। यी दुवै आयोजनाका लागि एक लाख ३१ हजार७६२ मिलिय डलर लाग्ने छ।



