हुम्लामा ट्रयाक्टर दुर्घटनामा १३ जना घाईते

हिमालय न्युज डेस्क
सिमकोट गाउँपालिका वडा नं. १ मा रहेको बैजिबाडा गाउँ नजिक ट्रयाक्टर दुर्घटना हुम्दा १३ जना घाईते भएका छन् । दोजामबाट खार्पुनाथ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त ०३५ नम्बरको ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जानकारी दिएको छ ।
घाईते हुनेमा अधिकाँश चुवाँखोला वनमा जडिबुटी संकलन गर्न गएका श्रमिक परेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका नायब उपरिक्षक शंकर पोखरेलले जानकारी दिए । घटनाको विस्तृत जानकारी आएको छैन, मजदुर चढेको भन्ने खबर छ घटनास्लबाटै नायब उपरिक्षक पोखरेलले बताए ।
घाईतेलाई जिल्ला अस्पताल, सिमकोटमा ल्याईदै गरिएको छ । कुम्लिक स्वास्थ्य चौकीका प्रमुख धनजित भण्डारीका अनुसार घटनास्थलमा घाईतेलाई प्राथमिक उपचार पश्चात सिमकोटमा रहेको जिल्ला अस्पतालमा पठाईएको बताए । जिल्ला प्रहरी कार्यालय, दुई वटा अन्य बोलेरो जिप र जिल्ला अस्पताल, हुम्लाको एम्बुलेन्स मार्फत घाईतेलाई सिमकोट ल्याईएको छ ।
जिल्ला अस्पताल हुम्लाका प्रमुख उमाकान्त तिवारी र स्वास्थ्यकर्मीको समुह घाईते उपचारको लागि तयारी हालतमा बसेको बताउनु भयो । विदामा रहेका र ड्युटी सकिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई समेत उपचारमा संलग्न हुनको लागि अनुरोध गरिएको तिमिल्सिनाले बताए । उपचारको लागि ठूलो संख्यामा घाईते आउने हुनाले उपचार गर्ने ठाउँको अभाव हुने समेत तिवारीले बताए । दुर्घटनामा परेको ट्रयाक्टर सिमकोट गाउँपालिका वडा नं. ४ का कुल बहादुर लामाको रहेको छ । दुर्घटनामा चालक भने सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।