२९ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुवात, दक्षिण अफ्रिका २–० ले पराजित - Himalaya Raibar
Banner Newsमुख्य समाचार

फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुवात, दक्षिण अफ्रिका २–० ले पराजित

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ ।

मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एज्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो ।

तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको अज्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

घरेलु दर्शकको भारी समर्थनका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरे ।

अत्यन्तै प्रतिस्पर्धात्मक र केही तनावपूर्ण बनेको यस खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए ।

खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले नवौं मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको भरपूर फाइदा उठायो ।

इरिक लिराले मिलाइदिएको पासलाई जुलियन क्विनोनेसले उत्कृष्ट ढङ्गले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा जुलियनले नै प्रहार गरेको अर्को एउटा बल भने गोलपोष्टमा लागेर फर्किएको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button