मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट हुम्लाका कृषक पुरस्कृत

हुम्ला जिल्लाका कृषकलाई मूख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार छनौट गरी पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय हुम्लाले हुम्लाका विभिन्न स्थानिय तहमा नमुना रुपमा कृषी उपजमा लागेका कृषकलाई छनौट गरी पुरस्कृत गरिएको छ ।

एक औपचारिक कार्यक्रमको विचमा प्रमुख अतिथी जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले पुरस्कृत भएका किसानलाई आगामी दिनमा अझ यो पुस्कारलाई प्रोत्साहनको रुपमा लिई किसानलाई खेतीपातीमा लाग्नु सुझाउनु भयो ।
प्रथम पुस्कार सर्केगाड गाउँपालिकको वडा नं. ५ मा रहेको इशा कृषि, पशुपञ्छी तथा मत्स्य पालन फर्म, दोस्रो दिक्पाल तरकारी तथा उन्नत गाईपालन व्यवसाय फर्म, तेस्रो बागजुर चिया तथा फलफुल नर्सरी व्यवसाय फर्मलाई प्रदान गरिएको थियो । प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २५ हजार र तेस्रो पुरस्कार २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रथम पुरस्कार विजेता इशा कृषि, पशुपञ्छी तथा मत्स्य पालन फर्मका सञ्चालक धर्मराज शाहीले जिल्लामा आफुले बोधिचित्तको खेतीको सुरुवात गरी हुम्लामा नै आयआर्जनमा लागेको, जिल्लामा नयाँ नयाँ खेतीपातीको लागि परिक्षण गरिरहेको बताउनु भयो । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरका कृषकको कामलाई सहमी रुपमा मुल्याँकन गरी पुरस्कृत गरेको प्रति सम्पूर्ण पुरस्कृत किसानले खुसी व्यक्त गरेका छन् ।कृषि विकास कार्यलय, हुम्लाका प्रमुख चुडामणी पन्तले सकभर जिल्लाका हरेक उत्कृष्ट किसानको फर्ममा गई उहाँहरुको कृषी कर्मलाई मुल्याँकन गरी पुस्कृत गरिएको बताउनु भयो । सबै पुरस्कृत किसानको काम उत्कृष्ट भएको भएता पनि उहाँहरुको योगदानलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
