१ कार्तिक २०८२, शुक्रबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
मधेशलाई पन्छाउँदै एपिएफ फाइनलमा - Himalaya Raibar
Banner Newsखेलकुद

मधेशलाई पन्छाउँदै एपिएफ फाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपिएफ फाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो।

दोस्रो संस्करणको च्याम्पियन एपिएफ यसअघि दोस्रो र चौथो संस्करणमा फाइनलमा पुगेको थियो ।

अब एपिएफले फाइनलमा उपाधिको लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्ये कुनै एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेशले दिएको १२३ रनको लक्ष्य एपिएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। एपिएफको जितमा लोकेश बमले ३५ रन बनाउँदा सन्दीप जोराले ६ रन जोडे।

त्यसअघि ओपनर प्रदीप ऐरीले ३३ रन बनाउँदा अर्का ओपनर आशिफ शेख २५ रन बनाएर आउट भए। सुमित महर्जनले १३ रन बनाए।

मधेशका रुपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेश ३१ ओभरमा १ सय २२ रन बनाउँदै अल आउट भयो।

मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३६ रन बनाए। रूपेश बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कप्तान हरिशंकर शाहले ६ रन बनाउँदा रोहन विक शून्यमा एलबीडब्लू आउट भए।

अनिल कुमार साह १३ रनमा क्याच हुँदा सन्तोष कार्की २० रनमा एलबीडब्लूको धरापमा पारे। विशाल शुश्लिङ एक रनमा क्याच आउट हुँला ईमरान शेखले १६ रन बनाउन पाए। विवेक यादव गोल्डेन डक आउटभएका थिए।  आदिल आलमले ११ रन बनाउँदा राजेश यादवले १० रन बनाए।

एपिएफका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। अमरसिंह राउटेला र मौसम ढकालले ७ २ विकेट लिए।

दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल शनिबार हुनेछ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button