२५ बैशाख २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
माटोको छाना सून्य गाउँ - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

माटोको छाना सून्य गाउँ

नाम्खा गाउँपालिका– ४ को सिङ्गो याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीका सबै घरधुरीहरू माटोका छाना भएका घरहरू नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन ।

उक्त गाउँका छिरिङ्वा लामाले तीन वर्ष अगाडीसम्म गाउँमा आधा घरधुरी माटोको छाना भएका घरहरू भए पनि यस वर्ष बाकी रहेका चार घर पनि जस्तापाताले छाप्ने कार्य भएपछि सबै घरधुरीले माटोका छाना भएका घरहरू भत्काएर जस्तापाताले छापेपछि माटोका छाना भएका घरहरू विस्थापित भएको बताउनुभयो । बर्खामा पानी चाहिने समस्या र हिउँदमा छतमा जमेको हिउँ फाल्ने कार्यबाट मुक्ति मिलेको भए पनि उहाँले यसबाट परम्परागत घरहरू भने हराएको बताउनुभयो ।

अर्का स्थानीय फुन्जोक लामाले सबै घरधुरीले जस्तापाता छापेपछि आर्थिक श्रोत न्यून भएका व्यक्तिहरूले पनि ऋण लिएर जस्तापाताले घर छाप्नु परि रहेको बताउनुभयो । अहिले जस्तापाताले घर छाप्ने कार्यले गर्दा सिङ्गो गाउँ माटोको छाना विहीन भएको उहाँले बताउनुभयो । हुन त हुम्ला जिल्ला मै माटोको छाना विस्थापित हुने कार्य बढी  रहेको अवस्थामा पुरै गाउँ नै जस्तापाताले छापेको गाउँ भने याल्वाङ भएको छ ।

वडाध्यक्ष लातार लामाले आफ्नो सहित गाउँवासीले माटोका छाना विस्थापित गरेर जस्तापाता छाउनु सकारात्मक कार्य भएको बताउनुभयो । यो काम राम्रो भए पनि परम्परागत घरहरू भने हराएकोमा चिन्ता व्यक्त गर्नुभयो । सो गाउँमा ६७ वटा घरधुरी रहेका छन् । जो गाउँपालिका केन्द्र पनि हो । याल्वाङ गाउँवासीले घरमा छापेका जस्तापाता भने सबै चीनको ताक्लाकोटबाट ल्याइएका हुन ।

चीनको ताक्लाकोट बजार नजिक र सडक सञ्जाल जोडिएको कारण नाम्खा गाउँपालिका धेरै घरधुरी जस्तापाताले छाउने कार्य भएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button