२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्ला जिल्ला पूर्णखोप सुनिश्चित घोषित - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

हुम्ला जिल्ला पूर्णखोप सुनिश्चित घोषित

हुम्ला – हिमाली जिल्ला हुम्लालाई शनिबार एक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।
जिल्लामा रहेका लक्षित समूहका बालबालिका सबैले खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।

हुम्ला जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषित गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। जिल्लाका ४४ वटै वडामा रहेका लक्षित समूहका बालबालिका सबैले सबै प्रकारका खोप लगाएको पाइएपछि हुम्ला जिल्ला पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलगायत सहभागी थिए।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button