२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
दुई वटा कार्यालयको संयुक्त भवन निर्माण गरिँदै - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

दुई वटा कार्यालयको संयुक्त भवन निर्माण गरिँदै

हुम्ला – दुई वटा कार्यालय सञ्चालन हुने गरी भवन निर्माण कार्य अगाडि बढेको छ। सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ।

जिल्ला हुलाक कार्यालय हाताभित्र रहेको एउटै भवनमा दुई वटा कार्यालय सञ्चालन गर्ने गरी निर्माण कार्य अगाडि बढेको सघन सहरी विकास कार्यालय जुम्लाले जनाएको छ।

ग्त वर्ष असोजमा सम्झौता भएर निर्माण सुरु भए पनि हिउदमा चिसोका कारण काम बन्द गरिएकाले जेठबाट कामलाई तीव्रता दिइएको हो।

२०८२ साल असोजमा निसान पराजुली जेभीले दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि पालु रावतले बताए।

२०८४ सालको अजोजमा भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो समय अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको उनले बताए।

साढे दुई तले भवनको माथिल्लो तलमा कर्मचारीका लागि क्वाटर निर्माण गरिनेछ भने बाँकी दुई तलामा एउटामा हुलाक कार्यालय र अर्कोमा कोष तथा लेखा नियन्त्रण कार्यालय सञ्चालन हुनेछन्।

कुल २८ वटा कोठामा वैठक हल, शौचालन, बाथरुम समेत भवनभित्रै निर्माण गरिनेछ। यसका लागि कार्यालयले भ्याटसहित ४ करोड ७८ लाख बजेटको ब्यवस्था गरेको छ। यो भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आए हुम्लामा पहिलो अभ्यास हुनेछ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button