माओवादी अध्यक्ष प्रचण्ड हुम्लामा
सिमकोट । निर्वाचन केन्द्रित चुनावी सभालाई संवोधन गर्न एकिकृत माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुम्ला पुगेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धन भित्र देखिएको आन्तरिक समस्या समाधानका लागि प्रचण्ड जिल्लाको मध्ये भेग सर्केगाडमा पुगेका हुन् ।
हेलिकोप्टरबाट जुम्ला हुदैं सर्केगाड पुगेका प्रचण्डले सर्केगाड गाउँपालिकाको सर्केगाडमा आयोजित आमसभालाई संवोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बीजय भण्डारी प्रतिरोधले जानकारी दिए । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहित जिल्ला पुगेको प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट हुम्लाको प्रदेश निर्वाचन क्षेत्र १ मा आ आप्mनै तर्फबाट उम्मेद्वारी दिएपछि त्यसको समाधान गर्न आइपुगेको बताइएको छ । कर्णाली प्रदेशका मूख्य मन्त्री जीवन ब। शाही सदरमुकाम सिमकोटमा रहेका थिए उहाँ पनि सोही समस्या समाधान गर्नको लागि सर्केगाड तर्फ हेलिकोप्टरमार्फत नै गएका छन् ।
सत्ता गठबन्धन भित्रको टिकटको किचलोकै बीच प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका वैकल्पीक केन्द्रीय सदस्य रणसिंह परियारले टिकट पाएपछि नेपाली कांग्रेसका मंगलबहादुर शाही स्वतन्त्र र एकिकृत समाजवादीका केन्द्रीय सदस्इ हस्तबहादुर शाही पार्टीकै टिकटबाट चुनावी मैदानमा छन् ।
गठबन्धन भित्रको टिकट विवादले निर्वाचनमा समस्या भएपछि कांग्रेस उपसभापति खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सहितका उच्चस्तरिय नेताहरु अहिले सर्केगाड केन्द्रीत भएका हुन् । सर्केगाडमा चुनावी सभामा सम्बोधन गर्ने र सो किचलो आजका दिनदेखी हटाउनको लागि टोली लागि परेको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा परेको सोही प्रदेश क को उम्म्द्वारमा रणसिंह परियार उम्मेद्वार भएको भएता पनि समाजवादीका हस्त ब. शाही, नेपाली काँग्रेसका नेता मंगल ब. शाहीले स्वतन्त्र रुपमा उम्म्द्वारी दर्ता गराएपछि समस्या उत्पन्न भएके थियो ।