२१ बैशाख २०८३, सोमबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
गाउँपालिका अध्यक्ष र अधिकृतमाथी हातपात - Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीति

गाउँपालिका अध्यक्ष र अधिकृतमाथी हातपात

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाँउपालिकाका अध्यक्ष ठान बहादुर रोकाया र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर रावत माथि हातपात भएको छ ।

भदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा एक पक्षरुपमा आफ्ना आफ्नोलाई मात्र नाम निकालेर नियुक्ति गरेको भन्दै काठमाण्डौबाट घर आएका विद्यार्थीले कार्यालयमा हातपात गरेका हुन् । बुधबार दिउँसो पालिका कार्यालयमा करार कर्मचारीको विषयमा छलफल चलिरहेको समयमा गाउँपालिका अध्यक्ष रोकाया र अधिकृत माथि एक हुल युवाको समुहले हातपात गरेको सोही पालिकाका अधिकृत रावतले बताउनुभयो । अधिकृत रावतलाई मुखमा मुक्काले हिर्काएको थियो भने अध्यक्षलाई धरपकट गरेको अधिृकत रावतले बताउनुभयो ।

पुरानो करार सम्झौता नविकरण नगरेको सर्केगाडले गत साउन २२ गते करारका कर्मचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेब, बैद्य, रोजगार सहायक, इन्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५४ वटा पदमा खुला विज्ञापन अनुसार गएको भदौ १० गते लिखित परिक्षा सञ्चालन गरेको थियो । लिखित र मौखिक परिक्षा सञ्चालन गरेर नाम सार्वजनिक गरेर उनिहरुलाई भदौमा नियुक्ती दिएर काममा खटाइएको छ ।

यस्तै विचमा युवालाई हातपात नर्गन भनि शान्त गर्न गएका नवराज शाही घाइते भएका छन् । अहिले शाहीलाई उपचार भइरहेको बताइएको छ । सबै सर्केगाडका स्थानीय युवाहरु हुन् ।

आफुहरु माथि हातपात गर्ने काठमाण्डौंमा अध्ययन गर्दै आएका नेपाली कांग्रेसका युवाहरु रहेको रावतको भनाई थियो ।

यस अघि करार कर्मचारी नियुक्तीको विषयलाई लिएर नेकपा (माओवादी) केन्द्र सर्केगाडले पालिकाको कार्यालय एक हप्तासम्म बन्द गरेको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button