२१ बैशाख २०८३, सोमबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लामा माओवादीका लामाको अग्रता - Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारराजनीति

हुम्लामा माओवादीका लामाको अग्रता

प्रदेश क मा माओवादी कै अग्रता

हुम्लामा प्रतिनिधिसभा तर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार छिरङ डम्डुल लामाले २ हजार ५६५ मत पाएका छन् ।
एमाले उम्मेदवार दल रावलले १ हजार ३९९ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार तेजबहादुर रावतले २० मत पाएका छन् भने कुल ७४ मत बदर भएको छ ।
हुम्लाको प्रदेश सभा १ मा पनि माओवादीले अग्रता कायम गरेको छ । माओवादी उम्मेदवार रणसिंह परियारले १ हजार ८२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ३९५ मत पाएका छन् । शाही प्रदेशको भाग गठबन्धनको तर्फबाट माओवादीले टिकट पाए पछि काँग्रेस समर्थकको भोट बटुल्नको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा प्रस्तुत भएका थिए ।
एमालेका दल फडेराले ३५० ल्याउँदा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ११० र राप्रपाका छापे ऐडीले २ मत ल्याएका छन् । प्रदेश सभा १ मा ६९ मत बदर भएको छ । जिल्लामा ७ वटा स्थानिय तह मध्ये दक्षिणी भेग ताँजाकोट गाउँपालिकाको मत गणना सकिएको हो । जिल्लाको अन्य स्थानिय तह भन्दा यो स्थानिय तहमा मतदाता संख्या पनि कम रहेको छ । बुधबार राती ७ बजेबाट मतगणना हुने भनिएको भएता पनि ढिलो गरी मतगणना सुरु हुँदा रातभर मतगणना गर्दा १ स्थानिय तहको मात्र सम्पन्न भएको छ । यसरी मत गणना हुने हो भने हुम्लाको मतगणना गर्नको लागि ४ दिन भन्दा कम नलाग्ने अवस्था रहेको छ ।
हाल दक्षिणी भेगको अर्को गाउँपालिका अदानचुलीमा खसेको भन्दा बढी भोट मुचुल्कामा देखिन आएको कारण राजनैतिक दलको विवाद हुँदा मतगणना रोकिएको छ । सोही गाउँपालिकाको वडा नं. १ मा मतगणना भने भईरहँदा खसेको भोट भन्दा २० भोट मुचुल्कामा कम देखिन आएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button