६ पुष २०८१, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लामा प्रदेश र प्रतिनिधी सभामा माओवादीको अग्रता कायमै – Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशराजनीति

हुम्लामा प्रदेश र प्रतिनिधी सभामा माओवादीको अग्रता कायमै

जितको नजिक रणसिंह परियार

हुम्लाको मतपरिणाममा सुरुवातीदेखी नै नेकपा माओवादी केन्द्रले अग्रता कायम राखेको छ । प्रदेश क को मतपरिणाममा हाल सम्म रणसिँह परियारको अग्रता कायम रहेको छ । परियारले ५ हजार ६१, नजिक मत पाउनेमा स्वतन्त्र उम्मेद्वार मंगल बहादुर शाहीले २ हजार ३ सय २५ ल्याएका छन् भने एमालेको तर्फबाट दल फडेराले १ हजार ८ सय ५१ मत हाल सम्म प्राप्त गरेका छन् । त्यसै गरी समाजवादीका हस्त बहादुर शाहीले ७ सय ४० र हलो चिन्हका उम्मेद्वार छापे ऐडीले ४१ मत प्राप्त गरेका छन् । अबको केही घण्टा पछि प्रदेश क को नतिजा सार्वजनिक हुने देखिएको छ ।
प्रतिनिधी सभा तर्फ छिरिङ्ग डम्डुल लामाले नेकपा माओवादी केन्द्रको तर्फबाट ५ हजार ७ सय १, सूर्य चिन्हबाट नेकपा एमालेका दल रावलले ४ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । हलो चिन्हले १ सय ८३ र बदर जम्मा २ सय २५ भएको छ । यसरी हेर्दा अहिले सम्म दक्षिणी भेगको सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोटको मतगणना भईसकेको छ भने सर्केगाडको गोठी, बराई, छयाँगी, रोडिकोट, गोठी, भुवाकल्लाँश, राहदेवको मतगणना भईरहेको छ । बाँकी रहेको प्रतिनिधी सभा तर्फ खार्पुनाथ, सिमकोट, नाम्खाको मतगणना भएको छैन । त्यहाँबाट गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेद्ध्वार छिरिङ्ग डम्डुल लामाले अझ बढी मतान्तर लिने अनुमान गरिएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button