सुरज पण्डितको मिराले दर्शक श्रोतालाई लोभ्याउँदै
हुम्ला, मंसिर २२
गायक सुरज पण्डित र गायीका बेनिशा पौडेलको आवाज रहेको मिरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुरजको शब्द सृजना रहेको छ भने सुरजले नै संगीत भर्नु भएको छ । गीतमा उर्गेन दोङको संगीत संयोजन रहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको भिडियोमा सुरज र ममता रोकायाको अभिनय देख्न सकिन्छ । भिमसेन ठकुरिले खिच्नुभएको भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गर्नुभएको छ ।
भिडियोमा देशभक्ति, प्रेम सम्बन्ध, हिमाली भेगमा रहेकी प्रेमिकालाई भेट्न जाँदै गर्दाको विषयवस्तुहरू समेटिएको छ ।
सुरज एक गीतकार संगीतकार र गायकका रुपमा स्थापित भइसक्नुभएका कलाकार हुनुहुन्छ । कर्णाली प्रदेशको जुम्ला स्थायी घर भएका पण्डितले यस अघि रेलको बाटो भाग १ र २ सार्वजनिक गरीसकेका छन् । रेलको बाटो नामक गितबाट दर्शक श्रोता माझ परिचित भएका गायक सुरज पण्डितका हरेक गितले बजारमा राम्रै चर्चा पाउने गरेका छन् । १ दिन अगाडी सार्वजनिक भएको मिरा नामक गितले युट्युबमा समाचार तयार गर्दाको समयमा ६२ हजार भन्दा बढीको भिउज लिईसकेको छ । भिडियो छायाँकन कर्णाली प्रदेशको डोल्पा जिल्लामा गरिएको छ । हिमाली भागको पाटन क्षेत्र र चौंरी गोठ अनि हिमाली क्षेत्रको दृश्यलाई दर्शकलाई मन्त्रमुग्ध बनाउने दृश्य कैंद गरिएको छ । अझ दृश्यछायाँकनको बेलाको मौसम हरियाली भएको बेला भएको भए अझ कर्णाली प्रदेश खुल्ने थियो । घाँस र बुकीका पाटन हरियाली भएको भए अझ दृश्यमा सुन माथि सुगन्ध हुने देखिएको छ ।
मिरा गित हेर्नको लागि यहाँ भएको लिँकमा क्लिक गर्नुहोस् ।