१ कार्तिक २०८२, शुक्रबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचारशिक्षा

विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

हुम्ला, चिनको सिमा क्षेत्रसँग जोडिएको उत्तरी नाम्खा गाउँपालिकाका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले ती सामग्री सहयोग गरेको हो । विद्यार्थीको सर्वाङ्गिण विकासको लागि शैक्षिक सामाग्रीले सहयोग पुर्याउने विश्वास रािखएको छ । शैक्षिक क्रियाकलापको अलावा विद्यार्थीको सबै पक्षको विकास गर्नको लागि यस क्षेत्रका बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढा कोरोनाबाट विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्य १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको बताए । विद्यालयको तह अनुुसार माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयलाई सामाग्रीको परिमाण वितरण गरिएको हो। लिमीको तिल गाउँको हिमशिखर प्राविमा विद्यार्थी संख्या नभएको कारण विद्यालय बन्द भएको हुँदा सो विद्यालयलाई भने सामग्री वितरण गरिएको छैन ।
वितरण गरिएका सामग्री २६ किसिमका छन्। वितरण गरिएका सामग्रीमा शैक्षिकतर्फ एउटा विद्यालयलाई ज्ञानबद्र्धक नब्बे थान पुस्तक, कापी, फायल, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फोटोकपी पेपर, साउन्ड सिस्टम छन् भने खेलकुद सामग्रीतर्फ क्यारेम बोर्ड, भलिबल, नेट, पम्प, ब्याटमेण्डनको जारी,र्याकेट लगायत छन् । यसका लागि गाउँपालिकाले ४७ लाख रुपैयाँ खर्च गर्नुपरेको छ । कुल खर्च भएको बजेटमध्ये एक जना शिक्षकको दरवन्दी सर्जिना गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आएको बजेट मध्य गाउँपालिकाले कार्यक्रम गर्नुपर्ने कार्यक्रमबाट विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको बताए । उनले तीन वर्षसम्म कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावबाट शिक्षा क्षेत्रलाई जोगाउन सहयोगको कार्यक्रम गरिएको जानकारी दिए ।
सहयोगबाट विद्यालयको शैक्षिक सुधारदेखि अतिरिक्त ज्ञान आर्जन हुने र खेल क्षेत्रको विकासमा टेवा पुुग्ने विश्वास गाउँपालिकाले लिएको छ । ती सामग्री गाउँपालिकाका अध्यक्ष प्रेम लामाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् । १ देखि ५ वडाका १५ वटा विद्यालयलाई ती सामग्री हस्तान्तरण गरिएको भए पनि लिमीका दुुई वटा विद्यालयलाई भने ती सामग्री हस्तान्तरण गरिएको छैन । बाटो अवरुद्ध भएका कारण लिमीका विद्यालयबाट प्रअ तथा शिक्षक आउन नसक्ने र कर्मचारी पनि जान नसक्ने भएकाले पछि वितरण गरिने शिक्षा शाखाले जनाएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button