छिरिङ्ग डम्डुल लामाले गरे बख्खुमा शपथ ग्रहण
प्रचण्डले गरे तारिफ, हुम्लाको पहिचान खुल्यो पोशाकमा
पौष, ७
रेशमराज रोकाया
प्रचण्ड : उहाँको (ड्रेस) युनिक खालको देखिन्छ ।
कार्चेन : तपाईंले सांसद बनाउनु भयो नि त …
बिहीबार नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पोशाकको प्रसंसा गर्दै गर्दाको संवाद हो यो ।
शपथ ग्रहणमा विभिन्न पोशाक झल्कने गरी साँसदहरु ।
लामा हिमाली भोटे ड्रेसमा शपथ खान संसद भवन पुगेका थिए । उनी हुम्लाबाट निर्वाचित माओवादीका सांसद हुन् ।
राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय अध्यक्ष रहेका हिमाली भोटे लामाको ड्रेसको प्रशंसा प्रचण्डले गरेका हुन् । प्रचण्ड तिनै नेता हुन् जो सबै जात, धर्म, वर्ग र क्षेत्रको राज्य सत्तामा समान पहुँचमा लागि १० वर्षे शसस्त्र युद्धको नेतृत्व गरेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले संसदमा समावेशिताको सुनिश्चितता गरेको छ ।
महिला, आदिवासी जनजाति, थारू, मधेशी, मुस्लिम, दलित र पिछडिएको क्षेत्रको सहभागिता सुनिश्चित गरिएको संविधान अनुसार निर्वाचित सांसदहरुको शपथ ग्रहण समारोहले त्यसको झझल्को दिन्थ्यो ।
हुम्लाको संघिय साँसद छिरिङ्ग डम्डुल लामा पनि हुम्ली पहिरनमा साँसद भवन छिरेका छन् । यस पटक देशका विभिन्न क्षेत्रका साँसद आ–आफ्नो भेषभुषामा साँसद भवनमा छिर्दा सयौं थुँगा फुल देखिएको महशुस भएको छ । लोकतान्त्रिक गणतन्त्रको गरिमा र महिमा नै भेषभुषा, चालचलन, रितिरिवाज, भाषा, संस्कृती, विभिन्न क्षेत्र, वर्ग लिङ्ग नै भएको कारण आफुलाई खुसी महशुस भएको साँसद छिरिङ्ग डम्डुल लामाले बताउनु भयो ।
हुम्लाको लामा समुदाय र अन्य भुभागमा उनीको कपडाबाट बनेको बख्खु यहाँको पौराणिक लुगा हो । यस अघि हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने साँसदले कहिले पनि यस्तो खालको पहिचान नदेखाएको भएता पनि यसपटकका साँसद लामाले राष्ट्रिय स्तरमा नै चर्चा हुने गरी साँसद भवन प्रवेश गरेका हुन् । यसखालको पहिचानयुक्त पहिरनले एकपटक हुम्लालाई राजधानी पुर्याएको आभाष भएको हुम्ली जनताले महशुस गरेका छन् ।