१ कार्तिक २०८२, शुक्रबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
तोतङ्गरी ल्होसार धुमधाम मनाईंदै (फोटो, भिडियो फिचर सहित) - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशफिचरमनोरञ्जनमुख्य समाचार

तोतङ्गरी ल्होसार धुमधाम मनाईंदै (फोटो, भिडियो फिचर सहित)

रेशमराज रोकाया
हुम्ला, पौष, ११

लामा समुदायको ल्होसार अर्थात नयाँ वर्ष धुमधामको साथ मनाएर सम्पन्न भएको छ । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको उत्तरी भाग र नाम्खा गाउँपालिकाभर बसोबास गर्ने सम्पूर्ण लामा समुदायले यो वर्षको नयाँ वर्ष (ल्होसार) धुमधाम मनाएका छन् । नयाँ नयाँ वर्षको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्वीको एकता स्वरुप मनाईने यो पर्वमा हरेक घरको अगाडी खडा गरिने लिङ्गो फेर्न, घरमा पुजाआजा गर्ने, मिठो मसिनो खाने र पाहुनालाई बोलाएर स्वागत गर्ने प्रचलन रहेको हुन्छ ।

हरेक घर परिवारले उनीको कपडाबाट बनेको पौराणिक कपडा पहिरनमा सजिने चलन रहेको छ । गएको वर्ष भन्दा यो वर्ष धन, दौलत, सुख शान्तीपूर्ण रहोस् भन्ने मनोकाँक्षा पनि यो पर्वमा गर्ने गरिन्छ । पर्वको अवसरमा घर भन्दा टाढा रहेका आफन्तको समेत भेटघाट गर्ने अवसर यो पर्वले दिने गरेको छ ।


नयाँ वर्षको अवसरमा आफन्तजनलाई ढोग गर्ने र आशिर्वाद समेत लिने चलन रहेको छ । ल्होसारमा सदरमुकाम सिमकोटमा बसोबास गर्ने हरेक गाउँ र समुदायले विभिन्न ठाउँमा सामुहिक रुपमा पनि ल्होसार मनाउने गरिएको छ । आज नै सिमकोटमा रहेको लामा साँस्कृतिक मञ्चमा जिल्लाका हरेक लामा समुदायका वासिन्दाले एकजुट भई नयाँ लिङ्गो समेत ठड्याई एकआपसमा शुभकामना दिने प्रचलन रहेको छ ।

हरेक नयाँ वर्ष विभिन्न पशुपंक्षीको नामले चिनिने समेत गरिएको छ । ल्होसारको यो वर्ष २१५० रहेको र यो वर्षलाई ह्योल्हो अर्थात खाजा वर्षको रुपमा स्वागत गरिएको छ । ल्होसारका १२ वट वर्ष मुसा, हात्ती, बाघ, खरायो, मेघ, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा तोतङरी ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले लामा र ब्यासी समुदाय प्रकृति पूजक रहेको पनि बताइन्छ । बौद्ध धर्मावलम्वीले ल्होसार विभिन्न समयमा मनाउने गरिएको भएता पनि हुम्लामा तिव्वतियन क्यालेण्डर अनुसार यसलाई मनाउने गरिएको छ । यसलाई तोतङ्गरी ल्होसारको रुपमा हुम्लामा मात्र मनाउने गरिएको छ ।

 

 

 

 

 

 

 

भिडियो हेर्नको लागि यहाँ रहेको युट्युब लिंकमा क्लिक गर्नुहोला ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button