२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
प्रचण्ड क्याविनेटले गरेको पहिलो निर्णय नै कडा - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचारराजनीति

प्रचण्ड क्याविनेटले गरेको पहिलो निर्णय नै कडा

केही गरिछाड्नेहरुको केन्द्रीकरण भयो, जनतामा आशा बढ्यो : प्रधानमन्त्री प्रचण्ड

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले जनतामा आशा जगाएको दाबी गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए ।

‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’

अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको समेत उनले जानकारी दिए ।

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय
राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहेको भन्दै उनले भने, ‘देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्ने केन्द्रित हुने संकल्प गरेका छौं ।’

सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।

सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button