५ असार २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
बयलकाँडा कालिज फारम घुमेर आउँदा (भिडियो सहित) - Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशपर्यटनमुख्य समाचार

बयलकाँडा कालिज फारम घुमेर आउँदा (भिडियो सहित)

सुर्खेत आउँदा कता घुम्ने भन्ने ठाउँको पहिचान गर्नको लागि त्यही भ्याली भित्र रहका पार्क, मठमन्दिर मात्र सोच्ने गरिन्छ । प्राकृतिक सुन्दरताको स्वाद चाख्नको लागि १५ किलोमिटर भन्दा अलि टाढा जाँदा यस्ता ठाउँ छन जहाँ पुग्दा सुर्खेतको भिँडभाड भन्दा अलि टाढा पुग्न सकिन्छ । आफुलाई मुड फ्रेस बनाउन सकिन्छ । धुवाँ धुलो र केही शान्त ठाउँमा पुग्न सकिन्छ । सुर्खेतको भ्याली भन्दा उत्तरतिरको कपासे ब्यारेक हुँदे दैलेख गुराँशे जाने बाटो तिर जाँदै गर्दा कटकुवा कटेर अलि पर छेडा भेटिन्छ । छेडाबाट पश्चिमतिरको कच्ची बाटो पहिल्याउँदै जाँदा बयलकाँडा भेटिन्छ, जहाँबाट सुर्खेतको दृश्य राम्रोसँग हेर्न सकिन्छ । बयलकाँडा डाँडाबाट दिउसो र राती सुर्खेत उपत्यकाको सुन्दर दृश्य हेर्न सकिने ठाउँ पनि यो उत्तम ठाउँ हो ।

बयलकाँडाबाट राती सुर्खेत जिल्लाको दृश्य ।

बयलकाँडा गएर अर्को नछुटाउनु पर्ने कालिज फम हो । कालिजको मासुको स्वादमा खाजा, खाना र बस्नको लागि माउन्टेन फुड प्रोडक्ट हो । जहाँबाट विहानको सूर्योदय, मिठो खानेकुरा पनि स्वाद चाख्न सक्नुहुनेछ । पर्यटकिय ठाउँ समेत रहेको बयलकाँडा पिकनिक स्पट पनि हो । यहाँबाट हरेक वर्ष प्याराग्लाईड समेत हुने गरेको छ । सपरिवार बस्नको लागि यो ठाउँ सुर्खेतको प्रसिद्ध ठाउँ हो । गर्मी मौसममा अझ यो ठाउँ घुम्न जानको संख्या बढ्ने गरेको छ ।

सूर्योदय हुम्दै गर्दा विहानको दृश्य ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नु होला

 

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button