५ पुष २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
नेपाली छोरीको कथा समेटिएको गित सार्वजनिक – Himalaya Raibar
Banner Newsमनोरञ्जनमुख्य समाचारशिक्षास्वास्थ्य

नेपाली छोरीको कथा समेटिएको गित सार्वजनिक

रेशमराज रोकाया
नेपाली समाजमा छोरीको महिनावारीलाई अझै पनि रोकतोक भईरहेको पाईन्छ । देवताले दुःख दिने, पौष्टिक आहार र उचित ज्ञानको कमी, सर्प डसेर मृत्युवरण गरेको कथा नेपाली समाजमा अझै व्याप्त रहेको छ । अझै पनि उचित जनचेतनाको कमीले गर्दा छोरीले महिनावारी भएको बेला पाउने उचित व्यवहार नेपाली समाजमा नपाई रहेको अवस्था छ । नेपाली छोरीले खुलेरै घरपरिवारसँग समस्या भन्न नसक्ने वातावरण रहेको बेला गायिका सुनिता बुढा क्षेत्रीले भरखरमात्रै छोरीको कथा सार्वजनिक गरेकी छिन् ।
मर्यादित महिनावारी व्यवस्थापन सदभावना दुत एवम चर्चित लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र खेम सञ्चुरीको स्वर, नेत्र अर्यालको रचना र खेम सेञ्चुरीकै संगीतमा तयार पारिएको महिनावारी व्यवस्थापन सम्बन्धी सचेतनामुलक म्युजिक भिडियो महिनावारी स्वच्छता दिवसको अवसरमा सिमकोट गाउँपालिका, हुम्लाको आयोजनामा एक कार्यक्रमका विच र सुनिता बुढा क्षेत्रीको युटुव च्यानलमा भिडियो लोकार्पण गरिएको छ । साथै गायिका सुनिताको प्रत्यक्ष गीत प्रस्तुती समेत रहेको थियो ।
गौरव गिरीको निर्देशनमा तथा राजुराम तिर्वाको अवधारणमा तयार पारिएको उक्त भिडियोमा रोशनी कार्की, बहादुर जंग कुवँर, इबसु सञ्ज्याल र तुल्सी विश्कर्माको अभिनय रहेको छ । जहाँ बहादुर जंग कुवँरले क्यामरा साथ दिएका छन् ।

राजुरामका अनुसार हाम्रो गाउँ समाजमा व्याप्त रहेको घटनालाई टपक्कै शब्दमा टिपेर सन्देशमुलक सुमधुर गीत तयार भएको छ । छोरीको कथा तीन खण्डमा राखेर तयार पारिएको बताउनु भयो । पहिलो खण्डमा सुरुमा महिनावारी भएको बेला छोरीहरुले भाग्नु परेको पिडा, छोरीलाई गरिने भेदभाव र छोरी भएकै महिनावारीकै कारण भोगेको तनावलाई समेतको बताउनु भयो र समाजका कुसंस्कारलाई देखाइएको छ बताउनु भयो । दोश्रो भागमा, स्वच्छताका समस्यालाई देखाउन खोजिएको छ, महिनावारी भएको बेला चर्पि प्रयोग गर्नबाट बञ्चित, स्यानिटेरी प्याड प्रयोग गर्न नपाएको अवस्थालाई देखाइएको छ । छाउगोठमा बस्दाका पिडालाई उजागर गरिएको छ भने अन्तिम खण्डमा समाज परिवर्तनका लागि सामाजिक अभियन्ताहरुद्धारा अभियान थालनी हुन्छ । समाजले अभियानलाई तिरस्कार गर्छन् र निरन्तरताको प्रयासले छाउपडि प्रथाको उन्मुलन गरिएको कथा समेटिएको दावि गर्नु भयो ।
उक्त सचेतनामुलक म्युजिक भिडियो सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) को आर्थिक सहयोगमा तयार पारिएको हो ।

भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला ।

 

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button