५ चैत्र २०८२, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
महिनावारी सचेतनाको लागी सांगीतीक कार्यक्रम (फोटो फिचर सहित) - Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

महिनावारी सचेतनाको लागी सांगीतीक कार्यक्रम (फोटो फिचर सहित)

रेशमराज रोकाया

सिमकोट गाउँपालिकाको आयोजनामा, सवैका लागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (SUSWA) Good Neighbors International/KIRDARC/SIDC र आधार नेपालको को आर्थिक सहयोगमा अन्तराष्ट्रिय महिनावारी

कार्यक्रममा, बायाँबाट क्रमशः सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, गायिका सुनिता बुढा, अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल ।

स्वच्छता दिवस २०८० को अवसरमा “सम्मानित महिनावारी, हाम्रो प्रतिवद्धता ” भन्ने राष्ट्रिय नारा र “ महिनावारी हुदाँ, पर होइन घर” भन्ने कर्णाली प्रदेशको नाराका साथ जेठ १४ गते मर्यादित महिनावारी व्यवस्थापनको लागि सांगीतिक महोत्सव मानसरोवर क्याम्पसमा सम्पन्न भएको छ ।

मानसरोवर नमूना मा.वि.का बालबालिका नृत्य प्रस्तुत गर्दै

कार्यक्रमा सुनिता बुढा क्षेत्री र खेम सेञ्चुरीको स्वर, नेत्र अर्यालको रचनामा महिनावारी सम्बन्धी गीतको भिडियो लोर्कापण समेत गरिएको थियो ।

मानसरोवर नमुना मा.वि.का बालिकासँग फोटो शेसनमा गायिका सुनिता बुढा ।

लोकप्रिय कलाकार सुनिता बुढाको विशेष प्रस्तुति र स्थानीय डेउदा गीत, नाटक तथा नृत्य प्रतियोगीता सञ्चालन गरिएको थियो।

स्थानिय महिला देउडा प्रस्तुत गर्दै ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरुको शरीरमा प्रजनन् स्वास्थ्यसंग सम्वन्धित नियमित, आधारभूत एवम् प्राकृतिक प्रकृया भएको र जसरी स्वास लिनु, निदाउनु, खाएको कुरा पचाउनु र मलमुत्र त्याग गर्नु नियमित शारीरिक प्रकृया हुन् त्यसैगरी महिनावारी हुनु नितान्त शारीरिक प्रकृया हो तर कुनै समाजमा यसलाई अपवित्र तथा अछुतरुपमा लिने गरिएकोछ तर समाजमा महिनावारीसंग जोडिएका विभिन्न कुसंस्कारहरु व्याप्त रहेका छन् यधपी विभिन्न सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्ने, गराउने भनी स्पष्ट ब्यवस्था भएकोले छाउका नाम कोही कसैले पनि विभेद गर्न नपाउने बताउनु भयो ।

स्थानिय महिला देउडा प्रस्तुत गर्दै ।

उक्त कार्यक्रममा सम्पर्ण पार्टि प्रमुख तथा प्रतिनिधीहरुले छाउपडि प्रथाजन्य उन्मुलनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button