२३ बैशाख २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
नवप्रवेशी कर्मचारीहरु लाई ५ दिने तालिम सम्पन्न - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

नवप्रवेशी कर्मचारीहरु लाई ५ दिने तालिम सम्पन्न

रेशमराज रोकाया
हुम्ला, बैशाख, १५
हुम्ला जिल्ला को खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिका को आयोजनामा र सबैका लागि दिगो खानेपानी , सरसफाइ र स्वच्छता आयोजनाको ( सुस्वा) सहजीकरणमा श्रावण १० देखि १४ गतेसम्म ५ दिने वास क्षेत्रमा क्षमता अभिबृद्दी तथा परियोजना कार्यन्वयन सम्बन्धि तालिम सदरमुकाम सिमकोट मा सम्पन्न भएको छ । सो तालीमको उदेश्य भनेको सुस्वा आयोजना लागुभएका स्थानीय तहमा आर्थिक बर्ष ८०/८१ को बार्षिक कार्यक्रम कार्यन्वयन गर्नका लागि आयोजना को कार्यबिधी अनुसार बिज्ञापन गरि छोटोसुची , लिखित मौखिक अन्तरबार्ता बाट छनौट भै आएका कर्मचारीहरुको क्षमता अभिबृद्दी होस र परियोजना संचालन प्रक्रियामा सहज होस भन्ने रहेको छ। तालिम समापन समारोहको अध्यक्षता गरिरहनु भएका एबम नाम्खा गाउँपालिका का अध्यक्ष प्रेम बहादुर लामा ले यो तालिम ले गाउँपालिकाबाट संचालित सुस्वा परियोजना को कार्यन्वयनमा कोशेढुङ्गा हुने र कर्मचारीको क्षमता बिकासमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको थियो ।

तालिम सहजीकरणमा सहजीकरण गर्नुहुने सुस्वा आयोजना सुर्खेत का सुशासन बिज्ञ निराजन श्रेष्ठ लगायत सम्पुर्ण आयोजना टिमलाई धन्यवाद दिनु भएको थियो । उक्त तालिमको समापन समारोह को सन्चालन नाम्खा गाउँपालिका को वास युनिट का वास कोर्डिनेटर दत्त बहादुर शाही ले गर्नु भएको थियो भने प्रमुख अतिथी एबम तालिम सहजीकरण का मुख्य प्रशिक्षक सुस्वा आयोजना का सुशासन बिज्ञ निराजन श्रेष्ठ को रहेको थियो । विशेषअतिथिहरुमा त्यस गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाही को रहेको थियो र सुस्वा आयोजनाका वास सल्लाहकार राजु चौधरी को रहेको थियो| सहभागीहरुको तर्फ बाट समापन समारोहमा खार्पुनाथ गाउँपालिका का वास सयोजक देब जङ्ग हमाल ले तालिम अत्यन्तै प्रभाबकारी भएको र सिकेको बिषयबस्तु हरु कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।त्यसै गरि अर्का सहभागी नाम्खा गाउँपालिका का वास युनिटका सामाजिक परिचालक ममता लामाले तालिमका बिषयबस्तु ज्यादै उपयोगी भएको र आगामी दिनमा यस्ता तालिमहरु राखिदिन माग गर्नु भएको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button