६ पुष २०८१, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
कर्णालीको मर्म पुस्तकको परिचर्चा सम्पन्न – Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचारविचार दृष्टिकोणसाहित्य/ सिर्जना

कर्णालीको मर्म पुस्तकको परिचर्चा सम्पन्न

रेशमराज रोकाया

मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले कर्नालीको वास्तविक इतिहास सच्याउन र समृद्ध कर्नाली बनाउनका लागि लेखकीय रुपमा पुर्नजागरण ल्याउन पर्ने बताउनु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा कर्नाली साहित्य समाजको आयोजना गरेको डा. दीपेन्द्र रोकायाद्धारा लिखित पुस्तक ‘कर्नालीको मर्म’ माथि सुर्खेतमा प्राज्ञिक परिचर्चा कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नु भएको हो ।
डा. दीपेन्द्र रोकाया कर्नालीमा जन्मेको¸ जनयुद्धबाट आएको र कर्नालीकै योजना आयोगमा काम गरेकाले कर्नालीवाशीले कर्नालीकै मर्म पाउन सफल भएको बताउँदै उपकुलपति सिंहले भन्नुभयो¸ ‘कर्नालीको शीरबाट एउटा युवाको उदय भएको छ, कर्नालीले जोगाउन सक्नुपर्छ ।’


कर्नालीको मर्ममा समेटिएका विषयबस्तुले कर्नालीको भूक्षेत्रमा जागरण ल्याउने विषय उठान गरेको बताउँदै उहाँले भन्नुभयो¸ “यहाँ कर्नालीको आत्मा बोलेको छ¸ सबै कर्नालीवासीले पढ्नु पर्छ।“
कर्नाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्नालीको मर्म इतिहास¸ भाषा¸ साहित्य र विकासको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो। उहाँले लेखक निरन्तर शोधरत रहने व्यक्ति भएकाले कर्नालीको कहिल्यै उजागर नभएका विषयवस्तु बाहिर आएको बताउनुभयो । उपाध्यक्ष शाहीले पुस्तकले कर्नालीमा पुर्नजागरणको समय ल्याउन सहयोग गर्ने बताउनुभयो।


लेखक डा. नवराज के.सी.ले कर्नालीको मर्म जीवनको पाठशालामा लेखिएको पुस्तक भएको बताउँदै भन्नुभयो¸ ‘यस पुस्तकले म उभिएको भन्दा म उम्रेको माटो महत्वपूर्ण हुन्छ भन्ने पाठ सिकाएको छ।’ उहाँले समात्दा सानो लागेपनि गहुँगो मूल्य भएको पुस्तक कर्नालीले पाएको बताउनु भयो । उहाँका अनुसार कर्नाली बुझ्न कर्नालीको मर्म पढ्नै पर्नेछ ।
कृतिलाई लेखक डा. दीपेन्द्र रोकायाले कर्नालीको गर्वलाग्दो इतिहासको उत्खनन¸ वर्तमानको पैरवी र भविश्यको आँकलन गर्न उत्पेरणा मिलोस् भनी प्रकाशनमा ल्याएको बताउनुभयो । कर्नालीको भूमिमा केही गर्न सकिन्छ भनी सोच्ने र काम गर्नेहरुको नाममा समपर्ण गरिएको “कर्नालीको मर्म“ भित्र कर्नालीको मुल, पहिलो आम, शिव !, हिजोको कर्नाली, परिवर्तनको मूल्यबोध, बिम्ब फेर्न्या रैवार र गन्तव्य कर्नाली भनेर सात अध्यायमा लेखिएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button