४ पुष २०८१, बिहीबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हिमपातले अत्याधिक चिसो, किसान खुसी – Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

हिमपातले अत्याधिक चिसो, किसान खुसी

रेशमराज रोकाया
हुम्लामा बुधबार रातीबाट सुरु भएको हिमपातले हुम्लाको उचाईमा रहेको बस्तीमा बाख्लो हिउँ जमेको छ । हिमाली भागमा ४ फिट र सदरमुकाम सिमिकोटमा हिउँ जमेको छ । जिल्लाको ७ वटा गाउँपालिका मध्ये बढी हिमपात नाम्खा गाउँपालिकामा भएको छ भने अदानचुली गाउँपालिकामा पानी परिरहेको छ । अन्य गाउँपालिकाको बस्तीमा कहिँ पानी त कहिँ हिमपात भएको स्थानियले बताएका छन् । जिल्लाका नाम्खा गाउँपालिकाको लिमी, हल्जी, मुचु, याल्वाङ्, यारी, हिल्सा पूर्ण रुपमा सम्पर्क विच्छेद भएका छन् ।

नागरिक उड्डयन कार्यलय, सिमकोट र सिमकोट विमास्थल ।

हिमपातले गर्दा चिसो अत्याधिक बढेको छ । सिमिकोटको तापक्रम मानईस १२ डिग्रीमा झरेको छ भने उत्तरी चीन सिमानाको गाउँ हिल्सा र लिमीमा माईनस १५ डिग्री सम्म तापक्रम झरेको छ । चिसोले जनजीवन प्रभावित पारेको छ । चिसोको कारण सामान्य कामकाज गर्न सम्म नसकिने अवस्था रहेको छ । चिसोबाट दम, बाथका रोगी, बालबालिका, वृद्धलाई अझ बढी कठिन बनाएको छ । यसै वर्ष एस्.ई.ई. परीक्षाको तयारी गर्नको लागि चिसोले समस्या भइरहेको छ। घरमा भएका पशुवस्तुलाई घाँसपातको लागि समेत कठिन भएको छ । घरमा संकलन गरिराखेको घाँस गोठमा नै हालेर पाल्नु परेको नाम्खा गाउँपालिका वडा नं. १ का पशुपालक किसान टै लामाले बताउनु भयो ।


कार्यलयको काममा अवरोध
नियमित कामकाज गर्नको लागि समेत चिसोले प्रभाव पारिरहेको छ । सरकारी कार्यालयमा भने सेवाग्राहीको संख्यामा कमी आएको छ ।

सिमकोट गाउँपालिका कार्यलयमा सेवाग्राही चिसोले सेवा लिन नआएपछि कर्मचारी आगोमा न्यानो लिँदै ।

जिल्ला सदरमुकाम आउन जानको लागि घोडेटो बाटो हिमपातले गर्दा अवरुद्ध भएका छन् । हिमपातबाट कहाँ के कति मात्रामा हानीनोक्सानी गरेको छ भन्ने बारेमा केही थाहा हुन नसकेको स्थानिय प्रशासनले जानकारी गराएको छ । हिमपातले गर्दा जिल्लाको उत्तरी हिमाली भेगको गाउँपालिकामा रहेका सरकारी कार्यालय पनि सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । गाउँपालिकामा सबै खालका कार्यलयहरु बन्द गरी बस्नु परेको अवस्था रहेको छ ।


हिमपातले आकाशे पानीको भरमा खेती गर्ने किसानलाई सहज भएको छ । केही दिन अघि परेको थोरै हिउँले खासै सिचाई गर्नको लागि अपुग भएको भएता पनि यस पटक परेको हिउँले राम्रै सिचाई हुने खार्पुनाथ गाउँपालिकाका किसान जसमता रोकायाले बताउनु भयो । खेतबारीमा लगाईएको अन्न बाली सुक्ने अवस्थाको रहेको थियो, यो पटकको हिउँले राम्र्रो गर्ला जस्तो छ किसान जसमताको भनाई रहेको छ । स्याउको बगैचा बनाउनको लागि खाल्डो खनिरहेका किसान छिरिङटसी लामालाई भने हिमपातले फाईदा पुर्याएको बताउनु भयो ।


हवाईसेवा बन्द
जिल्ला भन्दा बाहिर कुनै कामकाजको लागि जानको लागि एक मात्र सवारीको साधन हवाई जहाजले उडान भर्न सकेका छैनन् । नेपालगञ्ज र सुर्खेतबाट भिजिविलिटी राम्रो नभएको कारण जहाज अवतरण गर्न नसक्ने अवस्थामा रहेको छ । विमानस्थलमा भने कालोपत्रे गरेको कारण हिउँ भने कम मात्रामा जमेको छ ।

हिउँमा चिप्लेटी खेलेर रमाईरहेका बालक ।

मौसम खुलेर केही घण्टा मात्र घाम लागेमा विमानस्थल खुल्न सक्ने अवस्था रहेको छ । बढी नै हिउँ परेमा विमानस्थलको हिउँ फाल्नको लागि ल्याईएको गाडीले हिउँलाई हटाई उडान नियमितता गर्न सकिने नेपाल नागरिक उड्डयन कार्यालय, हुम्ला श्रोतले जानकारी गराएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button