२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
ताँजाकोटमा गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा प्रवाह सुरु - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशमुख्य समाचारस्थानीय तह

ताँजाकोटमा गाउँपालिकाद्वारा आफ्नै भवनबाट सेवा प्रवाह सुरु

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नो नयाँ भवनबाट सेवा प्रदान गर्न सुरु गरेको छ। चार वर्ष लगाएर भवनको निर्माण कार्य सम्पन्न भएपछि सेवा प्रदान गर्न सुरु गरिएको हो।

गाउँपालिका र संङ्घीय सरकारको लागत साझेदरीमा सुविधा सम्पन्न भवन निर्माण कार्य पुरा भएको ताँँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो। औपचारिक रुपमा भवनमा नसरेको भएपनि आर्थिक प्रशासन र प्राबिधिक शाखाको सेवा प्रवाह गर्ने कार्य नयाँ भवनबाट सुरु भई सकेको छ। २०७८ साल बैशाख महिनामा भवनको निर्माण कार्य सुरु भएको थियो। साढे दुई तले पक्की भवनको निर्माण पूरा भइसकेकोले अब चाँडै औपचारिक रुपमा सर्ने उनले बताउदै भवनमा सभा हल, वैठक कक्ष, अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत कार्यकक्ष पनि भवन भित्रै रहेको बताए।

बैठक तथा सभा हल बाहेक ३४ वटा कोठा भएको कारण गाउँपालिकाका सबै शाखाहरुले अव एउटै भवन सेवा प्रदान गर्ने हुनेछ। अर्को चार वटा शौचालयहरु पनि तयार भएका छन। आफु निर्वाचित भएपछि आफ्नै भवनबाट सेवा प्रदान गर्ने चाहाना अहिले आएर पुरा भएको बताउदै अध्यक्ष जैसीले भक्की भवन निर्माण गरेर सेवा प्रदान गर्ने जिल्ला कै पहिलो गाउँपालिका भएको बताए।

हालसम्म भाडामा बस्दै आएको ताँजाकोट गाउँपालिकालाई अब भने आफ्नो भवन तयार भएपछि आर्थिक ब्ययभार पनि घट्नेछ। चार वर्ष निर्माण अवधि लागेको भवन निर्माणका लागि पाँच करोड लागत लागेको छ। कुल लागतमा साँढे दुई करोड गाउँपालिकाको लगानी भएको छ भने साढे दुई करोड सङ्घीय सरकारले लागत ब्यहोरेको छ।

गाउँपालिका भवनसम्म जानका लागि सडक निर्माण गर्ने पनि पुरा भएको छ। कच्ची भवन भएपछि आफ्नै भवन निर्माण गर्ने खार्पुनाथ गाउँपालिका पहिलो हो भने त्यसपछि सर्केगार्ड गाउँँपालिकाले पनि यही प्रकृतिको भवन निर्माण गरेर सेवा प्रदान गर्दै आएको छ। चङ्खेली गाउँँपालिकाको भवन निर्माणधिन अवस्थामा रहेको छ भने अदानचुली र सिमकोटले भवन निर्माण कार्य सुरु नै गरेका छैनन। यता उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो नाममा उपभोग पुर्जा हात पारि सकेको कारण आगामी आर्थिक वर्षबाट भवन निर्माण गर्ने कार्य सुरु गर्ने जनाएको छ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button