२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
हुम्लामा बलात्कारका घटना बढे - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

हुम्लामा बलात्कारका घटना बढे

जिल्लामा बलात्कारका घटना बृद्धि भएका छन्। जिल्ला प्रहरी कार्यालयमा यस्ता घटनालाई लिएर उजुरी गर्ने क्रम बृद्धि भएसँगै बलात्कारका घटना बढ्दै गएको देखिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर पोखरलेले हालसम्म प्रहरी कार्यालयमा पाँँच वटा बलात्कारका घटनाको उजुरी दर्ता भएर मुद्दामा आरोपितहरू प्रहरी हिरासतमा रहेको बताए। यी घटना गत पुस महिनायताका हुन्। उनले अघिल्लो वर्षको तुलनामा चार गुणाले बलात्कारका घटना बृद्धि भएको बताउदै पीडितहरू सिधै उजुरी लिएर प्रहरीमा आउने कार्य पनि बढेको बताए।

जबकि प्रहरीकोमा अघिल्लो वर्ष यो अवधिमा यस्ता बलात्कारका घटना एउटा मात्र थियो। प्रहरीले उपलब्ध गराएको बिबरण अनुसार यो वर्ष १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा गत जेठ ३ गते सर्केगार्ड गाउँपालिका– ८ स्थायी घर भएका २१ वर्षका भिमबहादुर रोकायालाई पीडितको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसैगरि १४ वर्षकी बालिकालाई बलाकार गरेको आरोपमा चङ्खेली गाउँपालिका– २ काे भट्टेवाडाका १६ वर्षका एक बालकलाई उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसैगरि १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँँपालिका –१ को लालि गाउँका २३ वर्षका किरण बुढा र २३ वर्षका प्रकाश रावललाई गत असार १ गते नियन्त्रणमा लिएको छ। ४५ वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँँपालिका– ४ का चालीस वर्षका अस्पाल रोकायालाई पीडित महिलाले दिएको उजुरीका आधारमा गत फागुन १ गते प्रहरीले नियन्त्रण लिएको थियो।

त्यसैगरि १९ वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला जिल्ला कन्कासुन्दरी गाउँपालिका– ४ को बडु घर भई हाल खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु बजारमा वस्दै आउनु भएका २३ वर्षका सागर बुढालाई पीडितको उजुरीको आधारमा गत चैत २१ गते गिरफ्तार गरेको थियो। आरोपी सबै जना बिरुद्ध प्रहरीले अनुसन्धान पछि अदालतमा मुद्दा दर्ता समेत गरि सकेको छ।

गाउँगाउँमा प्रहरीले बलात्कारका घटना बिरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको कारण पीडितहरू सिधै प्रहरीको आफ्र आएर उजुरी गर्ने चलन बढेको छ। यसरी पीडितहरू सिधै प्रहरीमा आएर उजुरी गर्ने कार्यले पिडक सिधै प्रहरी नियन्त्रणमा रहने भएको कारण यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button