२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
हुम्लाकाे उनापानी आगलागी पीडितलाई राहत - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारमुख्य समाचार

हुम्लाकाे उनापानी आगलागी पीडितलाई राहत

हुम्ला – सर्केगार्ड गाउँँपालिका–३ को उनापानी आगलागी पीडितलाई राहत प्रदान गरिएको छ। आगलागीबाट घर जलेर नष्ट भएर पीडित भएका परिवारलाई तत्काल गाँस, बास र कपासमा सहयोग पुर् याउनका लागि राहत सहयोग गरिएको हो।

सर्केगार्ड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमिल्सिनाले पीडितको तत्कालीन समस्या समाधानका लागि खाद्यान्न, पाल र म्याटेस प्रदान गरिएको बताइन्।

यसमा सिमकोट गाउँपालिकाले पचास हजार रपियाँको ३२ बोरा खाद्यान्न, रेडक्रम सोसाईट हुम्ला शाखाबाट पाल र म्याटेस सहयोग गरिएको हो।

आवश्यक राहत सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेशबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ।
त्यसैगरी सर्केगार्ड गाउँपालिकाले पनि पााँच बोरा चामल, एक पेटी तेल, चिनी, मैदा र २ हजर नगद प्रदान गरेको छ। यता, गैरसरकारी स्तरबाट किडार्क नेपालले एक लाख पचास हजार रुपियाँको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सहयोग गरेको हो।

पीडितलाई सोमबारबाट आफन्तको घरमा बस्ने ब्यवस्था गरिएको छ। उनापानीको उक्त बस्तीमा गत आइतबार राति एघार बजेबाट आगलागी हुँदा आठ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए।

स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागीले धनबहादुर रातव, जनक रावत, विजन फडेरा, पाले फडेरा, लालकौरा फडेरा, दूधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएका हुन्। आगलागीको कारणबारे कुनै जानकारी नभएको हो।

आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकँुडा, लिउ फेरुवा, अन्य लत्ता–कपडा, विद्यार्थीका कापी किताब, नागरिकता, घरको लालपुर्जाका साथै अन्य कागजातसहित नगद जलेर नष्ट भएका थिए।

त्यसैगरी पाँच वटा घरमा आंशिक क्षति पुगेको थियो । ती घरको गाह्रो भत्काएर घरभित्र भएको धनमाल बाहिर निकालिएको थियो।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button