२३ बैशाख २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लाका कृषकलाई जौ थन्क्याउने चटारो - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

हुम्लाका कृषकलाई जौ थन्क्याउने चटारो

हुम्ला – हिमाली जिल्ला हुम्लाका कृषकलाई जौ थन्क्याउने चटारो सुरु भएको छ। जौ पाकेपछि बिहानैबाट बेलुकासम्म किसान यो कार्यमा निकै व्यस्त देखिएका हुन्।

आफ्नो जग्गामा जौ टिप्दै गरेकी सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले किसानलाई जौ टिप्ने चटारो सुरु भएको बताइन्।
गत कात्तिकमा छरेको जौ यतिबेला पाक्ने गर्छ। उनले बिहानैबाट किसान पाकेको जौ भएको जग्गामा टिप्ने कार्यमा व्यस्त रहनुपर्ने भएकाले किसानको सम्पूर्ण काम यसैमा केन्द्रित भएको बताइन्।

यस वर्ष जौ बाली त्यति राम्रो नफले पनि टिप्ने र नल काट्ने कार्य भइरहेको छ। दिउँसो कार्यालयको काम गर्नुपर्ने भएकाले बिहान–बेलुकाको समयमा जौ टिप्ने गरिएको उनले बताइन्।

यता, सिमकोट गाउँपालिका– २ को ठेहे गाउँकी जानकी भण्डारीले किसानलाई जौ भित्र्याउने कार्य भइरहेको बताइन्। सिंगो गाउँका किसान हिजोआज बिहानै निस्कने र बेलुका मात्र जौ टिपेर घर फर्कने गरेको बताउँदै उनले सिँचाइ भएको जग्गामा जौ वाली राम्रो भएपनि आकाशे पानीको भरमा खेती जग्गामा भने जौ राम्रो नफलेको जानकारी दिइन्।

जग्गामा लगाएको जौ बाली हेर्दा यस वर्ष उत्पादन घट्ने अवस्था रहेको भन्दै भण्डारीले गत वर्षभन्दा आधा उत्पादन घट्ने बताइन्।

जग्गाबाट घरमा टिपेर ल्याएको जौ चुट्ने काम पनि सँगसँगै भइरहेको छ। कृषि बिकास कार्यालयका अनुसार हुम्ला जिल्लामा ५८० हेक्टर जग्गामा जौ खेती हुने गरेको छ।

कार्यालयले किसानले भर्खर जौ टिप्न सुरु गरेका कारण कति उत्पादन हुन्छ भन्न नसकिने र गाउँपालिका स्तरबाट सबै बिबरण लिएपछि मात्र उत्पादनबारे भन्न सकिने जनाएको छ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button