२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द - Himalaya Raibar
Banner Newsताजा समाचारपर्यटनमुख्य समाचार

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ — बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

 

उक्त रुटमा नियमित उडान भर्दै आएको तारा एयरलाइन्सको ट्वीनअट्टर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिएका छन् । उनका अनुसार तारा एयरलाइन्सले आगामी सेप्टेम्बरको पहिलो साताबाट पुनः उडान सञ्चालन गर्नेछ ।

‘हवाई यात्रु घटेको र मौसम प्रतिकूल भएको कारणले तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ सिजन सुरु भएपछि उडान फेरि सुरु हुन्छ,’ इन्चार्ज लालचनले बताए ।

समिट एयरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

‘हाल यस रुटमा दैनिक एउटा मात्रै उडान भइरहेको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ इन्चार्ज थकालीले बताए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार मनसुन सुरु भएसँगै हवाई यात्रु घटेका छन् । उनका अनुसार तारा एयरलाइन्सले उडान स्थगित गरिसकेको छ भने समिट एयरलाइन्सले पनि केही दिनमै उडान स्थगित गर्ने जानकारी दिएको छ ।

बर्खायाम सुरु भएसँगै हवाईमार्ग मात्र होइन, सडकमार्गबाट जोमसोम आउने यात्रुको सङ्ख्या पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button