६ मंसिर २०८३, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
कैदीबन्दीलाई कोचिएर बस्नुपर्ने बाध्यता - Himalaya Raibar
Kolenika Greeting
Banner Newsमुख्य समाचार

कैदीबन्दीलाई कोचिएर बस्नुपर्ने बाध्यता

हुम्ला– जिल्ला प्रहरी कार्यालयको हिरासतमा कैदीबन्दी कोचिएर बस्न बाध्य छन्। तीन वर्षदेखि निर्माण भइरहेको कारगार भवनको काम सम्पन्न नहुँदा जिल्लाभरका कैदीबन्दीले समस्या भोगेर हिरासतको कोठामा बस्नु परिरहेको हो।

प्रहरी कार्यालयमा रहेको हिरासतको सानो कोठामा नौ जना बस्नु पर्दा समस्या भोगिरहेको कैदीबन्दी देवजन सार्कीले बताए। खाना समेत त्यही कोठामा पकाएर खानुपर्ने बाध्यता रहेको भन्दै वास्तवमा कैद जीवन सुधारका लागि भए पनि यहाँ त्यो नभएर पीडा सहनुपर्ने बाध्यता रहेको उनले बताए।

बस्ने कोठासँगैको शौचालय  भएका कारण दुर्गन्ध पनि त्यति नै हुने गरेको र त्यसमाथि पटकपटक खानेपानीको समस्या हुने गरेकाे उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयले दुई वटा कोठालाई हिरासत बनाएको छ। कारागारको भवन निर्माण पूरा नभएकाले २०६३ सालदेखि कैदीबन्दी तिनै कोठामा बस्दै आएका छन्। उक्त हिरासदमा कैदीबन्दी र पुर्पक्षका लागि अनुसन्धानका क्रममा रहेका गरी २२ जना छन्।

हिरासतकै अर्को कोठामा १३ जना अझै दयालाग्दो गरी बसिरहेको कारागारका प्रशासक प्रेमप्रसाद उपाध्याले जानकारी दिए। भवन निर्माण भइरहेकाले  उक्त समस्या व्यहाेर्नुपरेकाे प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker