१२६ प्राध्यापकले खाइरहेका छन् बेतलबी बिदा जोडेर पेन्सन, त्रिविलाई अर्बौं नोक्सानी
२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १२६ जना प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन बुझिरहेका छन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियममा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ ।

नियममा असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब-भत्ता पाउने छैनन् । साथै, बेतलबी बिदा सेवा अवधिमा समेत गणना हुँदैन ।
तर, २०६८ वैशाख ८ गतेभन्दा अगाडि बेतलबी बिदा लिएका शिक्षक कर्मचारीले सेवा अवधिमा गणना गरेर पेन्सन खाइरहेका छन् । २०८१ फागुन १६ मा यससम्बन्धी समाचार अनलाइनखबरमा प्रकाशित भएपछि त्रिविको कार्यकारीले २०८२ असारमा बेतलबी बिदा जोडेर पेन्सन नदिने निर्णय पनि गर्यो । तर कार्यकारीले निर्णय गर्नुअघि पेन्सन पट्टा बनाएका शिक्षक कर्मचारीले भने अहिले पनि बेतलबी बिदा जोडेर पेन्सन खाइरहेका छन् ।
‘बेतलबी बिदा जोडेर पहिला पेन्सन पट्टा बनाएकाले अहिले पनि खाइरहेका छन् । कार्यकारीले असारमा अबदेखि बेलतबी बिदा सेवा अवधिमा गणना नगर्ने निर्णय गर्यो । अहिले पेन्सन पट्टा बनाउनेको हकमा मात्र बेतलबी बिदा जोडिएको छैन । पुरानाले खाइरहेका छन्,’ त्रिवि रजिस्ट्रार कार्यालयका एक अधिकारीले भने ।
बिदालाई पनि गणना गरी पेन्सन पट्टा जारी गरिदिने फैसला गरेको थियो । सोही नजिरलाई देखाएर प्राध्यापक शंकर भण्डारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन पट्टा बनाएका थिए ।
भण्डारीको निवेदनको आधारमा तत्कालीन कार्यकारी परिषद्ले ११ माघ २०७६ मा २०६८ वैशाख ८ गतेभन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय गरेको थियो । यसैको आधारमा १२६ प्राध्यापकले बेतलबी बिदालाई जोडेर पेन्सन लिइरहेका छन् । त्रिवि अधिकारीका अनुसार यो संख्या अझै बढी छ ।
