२५ बैशाख २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
आगलागी पिडितलाई सिमकोट गाउँपालिकाले गर्यो सहयोग - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

आगलागी पिडितलाई सिमकोट गाउँपालिकाले गर्यो सहयोग

सिमकोट

आइतबार राति हुम्लाको सर्केगाड गाउँपालिका-३ उनापानीको औल गाउँमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका पिडितलाई पहिलो राहत सिमकोट गाउँपालिकाले प्रदान गरेको छ । सिमकोटले रु पचास हजार मुल्य बराबरको आठ क्वीन्टल चामलको ३२ बोरा राहत पठाएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

आठ घर जलेर नष्ट भएका पिडित र आंशिक क्षति भएका पिडितका लागि उक्त खाद्यान्न चामल राहत पठाएको अध्यक्ष भण्डारीले बताउनुभयो । सर्केगाडबाट राहत सामग्री सोमबारसाँझ सम्म पुग्ने भएको बताइएको छ ।

एक स्थानीय तहले अर्को स्थानीय तहका नागरिक पिडित हुँदा थोरै भएपनि उनीहरुलाई सहयोग पुगोस् भनेर खाद्यान्न पठाएको हो । यतिबेला आगलागी पिडितलाई खाने गाँस र बस्ने बासको समस्या भएको हुँदा तत्कालका लागि खाद्यान्न सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै सर्केगाड गाउँपालिकाले पनि राहत वितरणका लागि तयारी गरिरहेको बताइएको छ । भने नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाले पनि राहत सामग्री लिएर गएको जानकारी प्राप्त भएको छ । रेडक्रसले पाल, कम्बल लगायतका सामग्री लिएर सिमकोटबाट अहिले आगलागी क्षेत्रमा प्रस्थान गरेको छ ।

त्यसैगरी आगलागी स्थानमा सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, प्रहरी नायव उपरीक्षक शंकर पोखरेल पनि जानुभएको छ ।

आगलागीबाट विर्ख रावत, धन बहादुर रावत, जनक रावत, बाटुल्ली फडेरा, अक फडेरा, आशा फडेरा, पाले फडेरा, लालकौरा फडेराको घर जलेर पूर्ण नष्ट भएको छ । साथै अन्य आसपासका १२ जनाका घरमा पनि आंशिक क्षति भएको छ । आगलागीबाट के कति भएको छ भन्ने बारे प्रहरीले मुचुल्का उठाइरहेकाले क्षतिको विवरण अझै आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button