Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमनोरञ्जनमुख्य समाचार
छिरिङ्ग छ्योईङा नृत्यको लोप हुने अवस्थामा (भिडियो सहित)
स्थानिय चिन्तित
हुम्लाको लामा समुदायको विभिन्न पुजा आजामा नाचिने छिरिङ्ग छ्योईङा नृत्य लोपोन्मुख रहेको छ । नृत्यलाई युवाहरुले सिक्ने रुची नदेखाएको कारण पनि यो ननृत्य लोप हुन सक्ने सम्भावना रहेको छ । धार्मिक र पौराणिक ईतिहाँश बोकेको यो नृत्य हाल वाष्र्निक रुपमा एक पटक मात्र नाच्ने गरिएको छ । लामा साँस्कृतिक मञ्चको आयोजनामा हरेक वर्ष सिमकोटमा प्रदर्शन गर्ने गरिएको भएता पनि अझ यसको प्रचार प्रसार र चलन चल्तीमा नल्याउँदा नृत्य नै दुर्लभ हुन गएको छ । नृत्यको बारेमा स्थानिय जानकारले युवा पिंढीलाई जागरुक बनाउन सके यो नृत्य मार्फत पर्यटकलाई समेत लोभ्याउन सक्ने अवस्था रहेको छ । होम स्टे लगायत अन्य विभिन्न साँस्कृतिक कार्यक्रममा यो नृत्यले अझ रोचकता थप्ने र आयआर्जनमा समेत टेवा पुर्याउने अवस्था रहेको छ ।
हेर्नुहोस् भिडियोमा नृत्य