५ पुष २०८१, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
अप्सरा लामाको नयाँ ल्होसार गित सार्वजनिक – Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमनोरञ्जनमुख्य समाचार

अप्सरा लामाको नयाँ ल्होसार गित सार्वजनिक

रेशमराज रोकाया
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वडा नं. १, धिँगा निवासी अप्सरा खाण्डो लामाको नयाँ ल्होसार गित सार्वजनिक भएको छ । लामा न्युन दृष्टिविहिन गायिका हुन् । गित संगितमा सानै देखी रुचीको भएको भएता पनि यस वर्ष लामाले ३ वटा गित सार्वजनिक गरेका छन् ।
तिव्वतियन ल्होसार गितमा शव्द र स्वर अप्सरा खाण्डो लामाको रहेको छ । रेकर्डिङ्ग, मिक्सिङ्ग तेन्जिन ल्होमी नुप्पु, छायाँकन दिनेश मुस्कान, सौन्दर्यमा निस्मा, सम्पादन र प्रकाशन एस्. डि.आर. स्टुडियोले गरेको छ ।
गायिका खाण्डोको यस अघि सानु माया, हिमालकी छोरी सेलो गित पनि एस्. डि.आर. स्टुडियो मार्फत नै सार्वजनिक भई सकेका छन् ।

गितमा अभिनय पनि अप्सरा खाण्डो लामाको देख्न सकिन्छ । विशेष गरेर तिव्वतियन गित हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको वासिन्दा, तिव्वतका वासिन्दा, हुम्लाका लामा र बौद्ध धर्मावलम्बीले ल्होसार लगायत अन्य समारोहमा नृत्य गर्ने गरिन्छ ।

ल्होसार गितका शव्दले बाह्र महिना पुरा भईसक्यो,नयाँ वर्ष आई सक्यो, झैगडा नगरेर ल्होसार राम्रोसँग खानुस्, दुःख, कष्ट, विरामी पुरानो वर्षसँगै नष्ट भई जाओस्, नयाँ वर्षले जीवनमा दुख कष्ट हटोस् भन्ने भावना रहेको छ ।

गित हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button