५ चैत्र २०८२, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
कर्णाली करिडोरका चट्टानी भीरको स्तरोन्नती नेपाली सेनाले गर्ने - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

कर्णाली करिडोरका चट्टानी भीरको स्तरोन्नती नेपाली सेनाले गर्ने

सवारी आवात जावत सहज हुने

देशको ७६ जिल्लामा राष्ट्रिय सडक सञ्जाल जोडीएको भएता पनि हुम्ला जिल्ला यसबाट पछि रहेको छ । नेपाल सरकारले हुम्लालाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्नको लागि हरेक वर्ष बजेट विनियोजन गरी कार्य तिव्रताको साथ लागि परेको छ । हुम्लाका विभिन्न सडक खण्डको ट्रयाक ओपन देखी पुल निर्माणमा नेपाल सरकार लागि रहेको छ ।

अति नै भिरालो भूभाग रहेको कारण कर्णाली करिडोरको हिल्सा देखी कवाडी सडक खण्डका विभिन्न अप्ठ्यारा भिरलाई नेपाली सेनालाई स्तरउन्नतीको लागि जिम्मा दिईने भएको छ ।
सडक विभागले कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भीरमा सडक स्तरोन्नति गर्ने कामको जिम्मा सेनालाई लगाएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भीरको काम सेनाको जिम्मा लगाएको हो ।
आयोजनाको सिफारिसका आधारमा सडक विभागले कर्णाली करिडोरको हुम्ला खण्डका पाँच वटा चट्टानी भीरको सडकलाई स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई लगाएको हो । ती पाँच वटा भीरको कामको जिम्माका लागि विभागले नेपाली सेनालाई पत्राचारसमेत गरिसकेको छ ।
यसरी कर्णाली करिडोरको हुम्ला खण्डका असजिला चट्टानी भीरहरुमा दुल्ली कुना, बोक्चे गौडा, भिगौडा, च्याछरा र याल्वाङ गौंडा छन् । यी पाँचै गांैडामा यसअघि हिल्सा सिमकोट सडक आयोजनाले साँघुरो ट्रयाक खोले पनि त्यसको ग्रेड मिलाउने काम हुन सकेको छैन । यद्यपि, सडकको ग्रेड नमिले पनि यातायातका साधन भने सञ्चालन हुँदै आएका छन् । अप्ठ्यारो ग्रेड नमिलेका भिरको कारण सञ्चालनमा आएका सवारी साधन बेला बेला दुर्घटनामा पर्दा ठूलो मानविय र भौतिक क्षती हुँदै आएको छ । ति अप्ठ्यारा चट्टानी भीर फुटाउन विष्फोटक पदार्थ आवश्यक पर्ने तर आयोजनालाई त्यसको व्यवस्था गर्न निकै कठिन हुने भएकाले पनि जिल्लावासीको मागअनुसार सडक स्तरोन्नतिको जिम्मा सेनालाई दिएको हो ।
केही समय अगाडि स्थानीय प्रशासन, जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजको सर्वपक्षीय बैठकले असजिला चट्टानी भीरमा सडकको काम सेनालाई दिन नेपाल सरकारसँग माग गरिएको थियो ।
पाँच वटै भीर गरी एक किलोमिटर लम्बाइ सडक निर्माण सेनाले गर्नु पर्नेछ । सदरमुकाम सिमकोटलाई चाँडो राष्ट्रिय सडक सञ्जालसँग जोड्न ती भीरमा कामको जिम्मा सेनालाई दिनु आवश्यक रहेअनुसार विभागको सो कार्य सराहनीय रहेको हुम्लावासीको ठहर छ ।
पाँच वटामध्ये दक्षिणी क्षेत्रका तीन वटा भीरको स्तरोन्नतिको काम आयोजना र नेपाली सेनाको उपस्थितिमा संयुक्त लागत इष्टिमेट गर्न सोमबार दुल्ली कुनातर्फ योजना प्रमुख नेपाली प्राविधिकसहित लागेका छन् । स्थलगत रुपमा तीनै भीरमा पुगेर लागत इष्टिमेट तयार गरिनेछ । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख अमृत पराजुलीले सडक विभागले जिम्मा लगाएको काम निर्धारित मितिमै सम्पन्न गर्ने बताए । उनले कार्यदलको पहिलो प्राथमिकता दुल्ली कुना, बोक्चे गौँडा, भिगौडा रहेको बताउँदै यी भीरको चट्टान बिष्फोट र ग्रेड मिलाउने काम तत्काल सुरु गरिने बताए ।
यि भीरको काम सम्पन्न भए सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न सहज हुनेछ । माथिल्लो क्षेत्रका दुई वटा भीरमा भने त्यपछि काम सुरु गरिनेछ। हाल नेपाली सेनाले ल्याप्चेदेखि लालीबगरसम्म सडक निर्माण गर्ने कार्य गरिरहेको छ । सेनाले सबैभन्दा असजिलो छारे भीरमा कामलाई तीव्रता दिइरहेको छ । त्यसैगरी ०७८ साल असार ३१ गते सेनाले कवाडीदेखि सलीसल्लासम्म ३९ किमि सडक निर्माण गरेर हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिसकेको थियो ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button