१ पुष २०८१, सोमबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
स्थानिय विषयमा अंग्रेजी विषय पढाईदै – Himalaya Raibar
Banner Newsताजा समाचारबिचित्रमुख्य समाचारशिक्षासूचना / प्रबिधिस्थानीय तह

स्थानिय विषयमा अंग्रेजी विषय पढाईदै

हुम्लाकै पहिलो स्थानिय पाठ्यक्रम सार्वजनिक

रेशमराज रोकाया
हुम्ला – सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार पार्ने गाउँपालिकामा पहिलो भएको छ । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ ले निर्दिष्ट गरेका प्रावधानलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रम तयार गरिएको हो । यस अघि सदरमुकाम सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयले मात्र पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउँदै आएको थियो ।
गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रमको नाम ‘हाम्रो सिमकोट’ राखिएको र हुम्ला जिल्लामै पहिलो पटक सिमकोट गाउँपालिकाले तयार पारेको बताए । पाठ्यक्रम कक्षा १ देखी ८ सम्मका हरेक आधारभूत विद्यालयमा आगामी शैक्षिक शत्र फाल्गुण महिनाबाट लागु हुने समेत भएको छ ।
हुम्लाका अन्य ६ वटा गाउँपालिकाले हालसम्म यसरी स्थानीय पाठ्यक्रम तयार पार्न सकेको छैन । सिमकोट गाउँपालिकाले पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको थियो । अब स्थानीय पाठ्यक्रम तयार भएको र फागुन २ गतेबाट शिक्षण संस्था सञ्चालन भए पनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयमा लागू हुनेछ ।


कक्षा अनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भाषिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना विकास, स्थानीय परम्परागत खेल, पेसा, व्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपद पहिचान र स्थानीय कृषिसँग परिचित छन् ।
त्यसैगरी कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्सांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रविधिप्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असर बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रको पहिचान र स्थानीय स्तरका प्राकृतिक स्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठनपाठन गर्न सकिनेछ ।
कक्षा ६ देखि ८ को स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अवस्थाको पहिचान, सिमकोटभित्रको भाषा, लोक साहित्स, भेशभूषा चाडपर्व, रीतिरिवाज, संस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेसा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्व छन् ।
पाठ्यक्रमलाई गाउँपालिकाले आफ्नो वेभसाइट मार्फत सार्वजनिक गरेको छ भने सबै विद्यालयलाई समेत पुस्तक प्रदान गर्नेछ । पाठ्यक्रम एक सय पृष्ठ लामो छ ।
                                           स्थानिय पाठ्यक्रममा अंग्रेजी विषय पढाईदै
हुम्लाका सिमकोट गाउँपालिका बाहेक अन्य ६ वटा स्थानिय तहले कक्षा १ देखी ८ सम्मको आधारभूत तहको स्थानिय पाठ्यक्रमको साटो अंग्रेजी विषयको पठन पाठन गर्दै आईरहेका छन् । हाल सम्म स्थानिय विषयको पाठ्यक्रम स्थानिय तहले तयार नगर्दा अंग्रेजी विषयको पठनपाठन गरेका हुन् । स्थानिय विषयमा नेपाल सरकारले त्यस स्थानिय तहको बोलीचालीको भाषा, संस्कृती, सीप, कला, कौशल लगायतका विषयमा ज्ञान दिनको लागि व्यवस्था गरेको भएता पनि अंग्रेजी विषय अध्यापन गराईदा विद्यार्थीलाई अझ थप गाह्रो भएको छ ।
हामीले स्थानिय स्तरमा उपलव्ध हुने ज्ञान, सीप र क्षेत्रको उपभोग, उपयोग गर्नको लागि स्थानिय विषयको व्यवस्था भएको भएता पनि अंग्रेजी विषय अध्यापन गराईदा विद्यार्थी नै अलमलमा परेका छन् । शिक्षा सरकोकारवाला निकाय भने मौन भएका छन् । यस अघि हुम्लाका सबै स्थानिय तहका विद्यालयले समेत अंग्रेजी विषयको अध्यापन गराउँदै आएका थिए । सिमकोट गाउँपालिकाको मानसरोवर नमूना माध्यमिक विदालयले मात्रै स्थानिय विषय हाम्रो सिमकोट तयार गरी कक्षा ६ देखी ८ सम्म पठन पाठन गराएको थियो । अन्य विद्यालयमा भने स्थानिय तहले स्वीकृत नगरेको र पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेको विषय र पाठ्यक्रम अध्यापन गराउँदै आएका थिए ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button