२ असार २०८३, मंगलवार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
विस्तारित खानेपानी सुरक्षा योजना तालिम सम्पन्न - Himalaya Raibar
Banner NewsUncategorizedकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

विस्तारित खानेपानी सुरक्षा योजना तालिम सम्पन्न

हुम्ला जिल्को नाम्खा सिमकोट र खार्पूनाथ गाउँपालिकाको संयुक्त्त आयोजनामा एंवम् सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) को सहजीकरणमा सम्बन्धीत गाउँपालिकाको वास इकाइमा कार्यरत कर्मचारीहरुको लागि चार दिने विस्तारित खानेपानी सुरक्षा योजना तालिम (WSP+++) तालिम जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न भएको छ । तालिममा १९ जना कर्मचारीहरुको सहभागीता रहेको थियो।

तालिम पश्चात गाउँपालिका र सुस्वा आयोजनाको साझेदारीमा निर्माण गरिने खानेपानी आयोजनाको विस्तारित खापासुयो तयार गरि योजनाको दिगोपना कायम गर्ने मुख्य उद्श्यका साथ तालिम आयोजना गरिएको वास सल्लहाकार राजु चौधरीले जानकारी दिनुभयो।

तालिममा मुख्य सहजकर्ता ठरेन्द्र पौडेलका अनुसार विस्तारित खापासुयोमा जलवायु परिवर्तन, मर्मत संभार र जेडसीलाइ थप प्राथमिकता दिएको जनाउनु भयो। साथै नेपालको सरकारको निर्णय बमोजिम पालिकामा खानेपानीको गुणस्तर परिक्षणका ल्याव स्थापना गर्ने रणनिती अनुसार सुस्वा र गाउँपालिको सहकार्यमा पानी परिक्षण सुविधा विस्तार गर्न गइरहेको हुदाँ सहभागीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको सहकार्यमा पानी परिक्षण तरिका समेत सिकाइएको पौडेलले जनाउनु भयो।

तालिम पश्चात खानेपानी आयोजनाको विस्तारित खापासुयो तयार गरि सोको कार्यान्वय गराउने प्रतिबद्ता सहभागीहरुले जनाएका थिए। सिमकोटको प्रतिकुल मौसम हिमपातका बावजुद पनि सहभागीहरुको सकृय सहभागीतामा तालिम सम्पन्न भएको थियो। साथै ११ फाल्गुण देखी पुनः एनवास तालिम सञ्चालन गरिदै छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button