हुम्लाका युवायुवतीलाई कम्प्युटर शिक्षा प्रदान
उद्योग उपभोक्ता हित संरक्षण कार्यलयले हरेक वर्ष हुम्लाका युवालाई लक्षित गरी सीप विकास गरी स्वरोजगार उन्मुख गराउनको लागि तालिम दिँदै आएको छ । सोही अनुसार हुम्लाका २६ जना युवालाई कम्प्युटर शिक्षा प्रदान गरेको छ । हुम्लाका ४ गाउँपालिकाका युवा तालिममा संलग्न भएका छन् ।
तालिम ४५ दिन सम्म संचालन भएको र आधारभूत कम्प्युटर शिक्षाको ज्ञान लिन सफल भएको तालिमका प्रशिक्षक रेशमराज रोकायाले बताउनु भयो । तालिम र सीपले नै आजको युगको अपरिहार्यता र प्रतिष्पर्धा गर्ने साधन भएको रोकायाले बताउनु भयो । सीपले नै सिकेर आफुलाई अझ प्रतिष्पर्धाको मार्गमा सबल बनाउने धारणा राख्नुभयो । सीप र काममा लगनशिलता, मिहनेती, सीप भएको व्यक्ति कहिल्यै पनि भोको बस्नु नपर्ने जिकिर उहाँले व्यक्त गर्नुभयो ।
तालिमका प्रमुख अतिथी सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष नन्द रावतले युग र समय सुहाउँदो तालिम, सीपले व्यवसायिक बन्न सकिने र आयआर्जन गर्न सकिने भएकोले तालिम प्रभावकारी भएको बताउनुभयो । तालिमले आर्थिक उपार्जन, उद्यमशिलता तर्फ उन्मुख गराउने विश्वास रावतले गर्नुभयो ।
संघियता कार्यन्वयन पछि उद्यमशिलता र युवा निती कार्यक्रम नहुँदा हुम्लाका युवा लक्षित कार्यक्रम संचालनको लागि उद्योग, उपभोक्ता हित संरक्षण कार्यलयको युवा लक्षित र समय सुहाउँतदो ालिम कम्प्युटर शिक्षा भएको उद्योग उपभोक्ता हित संरक्षण कार्यलय, प्रमुख प्रदिपकुमार रेग्मीले बताउनु भयो । तालिमबाट चुँलिँदो रुपमा बढ्दै गरेको वेराजगारलाई न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास रेग्मीले गर्नुभयो । तालिमलाई अझ दीर्घकालिन बनाउनको लागि तालिम पछि पनि यसलाई कहिँ न कतै उपयोग गर्नुपर्ने र अभ्यास गरीरहँदा सिकाई प्रभावकारी हुने भएकोले तालिमका सहभागिलाई अभ्यास निरन्तर राख्न र उपयोग गरीरहन प्रमुख रेग्मीले सुझाव दिनु भयो ।